scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 3, 2008

कर्मचारी संगठनमा खिला शर्मा


बेसीशहर मंसिर १५
नेपाल राष्ट्रिय कर्मचारी संगठन लमजुङको अध्यक्षमा खिला शर्मा घिमिरे र्सवसम्बत निर्बाचत भएका छन् ।
"अग्रगामी जनमुखी प्रशासन आजको आबश्यकता-संघीय नयँा नेपाल निर्माणमा कर्मचारीहरुको प्रतिबद्धता" भन्ने नाराको साथ प्रथम जिल्ला सम्मेलनबाट घिमिरे अध्यक्षमा चयन भएका हुन् । १७ सदस्सीय संगठनको उपाध्यक्षमा डिलाराम लम्साल,सचिबमा कृष्ण प्रसाद बसौला र कोषाध्यक्षमा गंगालाल योगी रहेका छन् ।
समितिको सदस्यमा हरि बहादुर लोहनी,मुकेश रेग्मी,बिश्वनाथ अधिकारी,जंग बहादुर गुरुङ,तारा थापा,चन्द्र बहादुर तिमिल्सेना,खेमराज पौडेल, कमला सुयल,धनमती गुरुङ, निर्मल कट्टेल, हरि प्रसाद लामिछाने र झबिश्वर रेग्मी रहेकाछन् । यसैगरी संठनको निजामती तर्फ११ सदस्यीय कार्य समितीको अध्यक्षमा बिष्णु चन्द्र श्रेष्ठ,उपाध्यक्षमा गंगालाल योगी सचिबमा खेमराज पौडेल र कोषाध्यक्षमा सुमित्रा बसौला रहेका छन् । स्थानीय निकाय तर्फो ७ सदस्सीय कार्य समितीको अध्यक्षमा हरि बहादुर लोहनी,उपाध्यक्षमा राजेन्द्र अधिकारी,सचिबमा रुकमान गुरुङ र कोषाध्यक्षमा अञ्जना सुवेदी छन् ।
शनिबार शुरु भएको सम्मेलनको संगठनका केन्द्रीय सदस्य एंव स्थानीय बिभागका अध्यक्ष सुशिल पौडेलले उद््घाटन गर्दे अन्य कर्मचारी संगठन सरुवा,बढुवा र कमिशन खाई महल बनाउने काममा लागेकाले नेपाल राष्ट्रिय कर्मचारी संगठनको जन्म भएको दावी गरे । पौडेलले यस अघि कर्मचारीले गरेको आन्दोलन भन्सार,एयरपोर्ट,मालपोत र सडक जस्ता ठाँउमा लगेर टुंग्याईएको आरोप लगाए । बिगतमा कर्मचारी राणा,राजा,भण्डारे र टिकेहरुको डण्डा बनेका आरोप लगाउँदै अब जनताको कर्मचारी बन्ने सौभाग्य मिलेको बताए ।
कार्यक्रममा नेकपा माओबादी लमजुङका इञ्चार्ज देबेन्द्र पराजुली,नेकपा एमालेका उप-सचिब जमिन्द्रमान घले,जनमोर्चाका ठगबहादुर अधिकारी,प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पोखे्रल,अखिल नेपाल बुद्धिजीबि संगठनका अध्यक्ष बद्री मिश्र,अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष ऋषिराम चापागाई,नेपाल निजामती कर्मचारी संगठनका सचिब बिश्वप्रसाद ढकालर्,कर्मचारी युनियनका काशिराज पण्डित लगायतले कर्मचारीको हक हितका लागि सवै एकजुट भएर अघि बढनु पर्ने बताएका थिए ।



No comments:

Post a Comment