लमजुङ, मंसिर १० गते
लमजुङ सदरमुकाम बेसीशहरको शेराबजारस्थित दर्ुइवटा पसलबाट गएराती २ लाख भन्दा बढीको चोरी भएको छ ।
बेसीशहरको शेराबजारस्थित विजय शु सेण्टर एण्ड फेन्सी स्टोर्सबाट गएराती अज्ञात चोरले २ लाख रुपैयाँ चोरी गरेको छ । प्रहरीका अनुसार पसलको सटर फोडेर चोर भित्र पसेको हो । चोरले पसलका अन्य सामानहरु भने केही पनि नचलाएको घिमिरेले बताउनुभयो ।
त्यसैगरी शेराबजारकै प्रमिलन घडी तथा मोबाइल हाउसबाट गएराती १० हजार रुपैयाँ बराबरको मोबाइल सेट चोरी भएको त्यहाँका प्रोपाइटर प्रकाश श्रेष्ठले बताउनुभयो । उहाँको पसलमा पनि सटर फोडेर चोरी गरिएको थियो ।
सदरमुकाम बेसीशहरका पसलहरुमा सामान तथा नगद चोरी हुने घटना बढ्दै गएकामा ब्यवसायी तथा र्सवसाधारणले चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले रातको समयमा प्रहरी गस्ती प्रभावकारी नभएको गुनासो गरेका छन् ।
No comments:
Post a Comment