तपाइँ कम्प्युटर पाउनुभयो भने के गर्नुहुन्छ - इमेल, इन्टरनेट चलाउने, डाटा इन्ट्री, टाइप गर्ने या त गेम खेल्ने । आखिर कम्प्युटर सामान्यतया यिनै कामका लागि प्रयोग गरिन्छ । वर्तमान कम्प्युटरकै जमानामा अन्य वर्ग भन्दा विद्यार्थीहरु कम्प्युटर ज्ञानमा मरिहत्ते गर्छन् । तिनै विद्यार्थीले कम्प्युटर ज्ञान सिकून् भनेर वितरण गरिएका लमजुङका विद्यालयहरुमा भने कम्प्युटर दराजमा थन्क्याएर राखिएको छ ।
पढ्दा अचम्म लाग्न सक्छ । तर यथार्थ यही हो । समाचारको तस्विर आँफै बोल्छ -हर्ेर्नुहोस् तस्वीर) । लमजुङका अधिकांस विद्यालयमा कम्प्युटर छन् तर दराजमा । विद्यार्थीहरु कम्प्युटरको पाठ पढ्दा शिक्षकको अनुमतिमा दराज खोलेर कम्प्युटर हर्ेछन, अनि सुम्सुमाएर र्फकन्छन । यो घटनाक्रम १/२ महिनाको पनि होईन विद्यालयमा कम्प्युटर पुगेको ७ वर्षभयो ।
२०५८ सालमा लमजुङका विभिन्न गाउँ विकास समितिका २५ विद्यालयमा वर्ल्ड कम्प्युटर एक्सेञ्जको सहयोगमा जनचेतना अभिबृद्धि र विकास अध्ययन समिति लमजुङ्रले प्रति विद्यालय ५ वटा कम्प्युटर वितरण गरेको थियो ।
प्रति कम्प्युटर ५ हजार लगानी गरेका ती विद्यालयका १/१ जना शिक्षकलाई कम्प्युटरको एड्भान्स तालिम पनि दिईएको थियो । तालिम लिएर र्फकदा केही शिक्षकले विर्सिएको केही शिक्षक सरुवा हुँदा पनि समस्या भएको विद्यालयहरु बताउँछन । कुनै विद्यालयका कम्प्युटर भने चलाउन नजानेरै विग्रिएका छन । दराजमा थन्काइएको कम्प्युटरमा लागेको माकुराको जालेा पुस्दै प्यारजुङ स्थित बुद्ध मिलन माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर गुरुङले भने- "पाएको २/४ महिना त चलाएका थियौं । चलाउँदै जाँदा विग्रियो अनि फुट्ला भन्ने डरले दराजमा थन्कायौं ।" बुद्धमिलन मात्रै होइन जिल्लाका अन्य २४ वटा विद्यालयको हालत पनि यस्तै छ । भुजुङ गाविस स्थित त्रिभुवन विद्याश्रम माविका प्रधानाध्यपक खेमराज खतिवडा पनि आफ्नो विद्यालयको कम्प्युटरको अवस्था यस्तै भएको बताउँदै भन्छन्- "एउटा कम्प्युटर सद्दे छ, त्यसमा परीक्षाका प्रश्नपत्र टाइप गर्ने गरेका छौ ।"
खुदीस्थित अमर उच्च माविमा रहेका कम्प्युटरको हालत पनि प्यारजुङ र भुजुङको विद्यालयको भन्दा फरक छैन । त्यहाँका कम्प्युटर पनि प्रश्नपत्र टाइप गर्ने बाहेक अन्य प्रयोजनमा उपयोग हुन सकेका छैनन् । विद्यालयमा कक्षा १० मा अध्ययनरत प्रेमशीला सुवेदी कम्प्युटरलाई बाहिर झ्यालबाटै हेरेर चिक्त बुझाउनुपर्दा दुःख लाग्ने बताउँछन् । उनी भन्छिन्-"कम्प्युटरको काम प्रश्नपत्र टाइप गर्ने मात्र हो । टाइपको प्रश्नपत्रले हामीलाई आर्थिक बोझ मात्रै थपेको छ ।प्रश्नपत्र कम्प्युटरमा टाइप गरेर दिए बापत विद्यालयले विद्यार्थीहरुसंग बढी परीक्षा शुल्क लिने गरेको विद्यार्थीहरुको गुनासो छ ।

No comments:
Post a Comment