
बेसीशहर कार्तिक २१
वाइसीएलसंग मुठभेड गर्न युथ फोर्स गठन गरिएको भन्ने आरोप लागिरहेका बेला प्ररायुसंघले लमजुङमा पनि युथ फोर्सको गठन गरेको छ ।
सभासद् एवं नेकपा एमालेका केन्द्रीय सदस्य तथां पूव मन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रजातान्त्रिक राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष अजम्बर र्राईको उपस्थितिमा अघिल्लो आइतबार युथफोर्स लमजुङ गठन भएको हो ।
१ सय ५७ सदस्यीय समितिको प्रमुखमा एकबहादुर राना र सहप्रमुखमा गोविन्द बस्नेत रहेका छन् । युथफोर्स गठनपछि पत्रकार सम्मेलन गरी प्ररायुसंघ लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले भ्रष्टाचार र र्सार्वजनिक सम्पत्तिको दुरुपयोगको नियन्त्रण, समाजमा देखापरेका विकृति रोक्नुका साथै युवाहरुलाई सुमार्गमा हिँडाउने, वाइसियलको डर, त्रास र धम्कीबाट जनतालाई मुत्तिm दिलाउने र छरिएर रहेका लमजुङे युवाहरुलाइ एकित्रित गरी विकास निर्माण तथा रचनात्मक कार्यमा लगाउने मुख्य योजना रहेको बताए ।
सो अवसरमा प्ररायुसंघका केन्द्रिय अध्यक्ष अजम्बर र्राईले युथफोर्स समाजमा अराजकता फैलाउन नभई त्यसलाई रोक्न र प्रशासनलाई सघाउन गठन भएको दावी गरे । वाइसियलले प्रहरी प्रशानसंग समानन्तर भएर काम गरेको आरोप लगाउँदै अध्यक्ष राइले भने- युथफोर्सले कानुन हातमा लिदैन, कानुनलाई सहयोग मात्रै गर्छ ।
No comments:
Post a Comment