बेसीशहर-मंसिर ३
द्वन्द्धका क्रममा ध्वस्त भएका जिल्लाका विभिन्न गाउँ विकास समिति, कृषि तथा पशु सेवा केन्द्र भवनको पुननिर्माण कार्य सुरु भएको छ ।
सरकारले शान्ति तथा पुननिर्माण मन्त्रालय अर्न्तर्गत ती संरचनाको पुननिर्माणका लागि रकम समेत आएको छ । जस अनुसार गौंडा, भुलभुले, भोजे र कुन्छा गाउँ विकास समितिको भवन निर्माण कार्य शुरु भैसकेको छ । जनयुद्धको क्रममा माओवादीले जिल्लाका ६१ मध्ये ५६ वटा गाउँ विकास समितिमा क्षति पुर्याएको थियो । ती गाविसमध्ये पहिलो चरणमा चार गाउँ विकास समितिको पुननिर्माणका लागि जिल्ला विकास समितिको कार्यालयमा रकम आएको हो ।
जिल्ला विकास समिति लमजुङको लेखा शाखाबाट प्राप्त जानकारी अनुसार गौंडा गाउँ विकास समितिको भवन पुननिर्माणका लागि १८ लाख २ हजार ४ सय ६८ रुपैयाँ विनियोजन भएको छ । त्यस्तै भुलभुले गाउँ विकास समितिको भवनका लागि १९ लाख ६ हजार १ सय ६० रुपैयाँ, भोजे गाउँ विकास समितिको भवनका लागि १६ लाख ४८ हजार ४ सय ९१-भ्याटबाहेक) र कुन्छा गाउँ विकास समितिको भवनका लागि १४ लाख ६६ हजार ५ सय ३२ रुपैयाँ विनियोजन भएको छ ।
यी गाविसहरु यसै आर्थिक बर्षभत्र सम्पन्न गरिने बताइएको छ । त्यस्तै द्वन्द्धकै क्रममा क्षत्रि्रस्त भएका कृषि सेवा केन्द्र नौथरको भवनका लागि १६ लाख ९६ हजार ४ सय ५०, गौंडास्थित पशुसेवा केन्द्रको भवनका लागि १६ लाख ८९ हजार ९ सय ७, राइनासटार सिञ्चाइ आयोजनाको भवनको पुननिर्माणका लागि २० लाख ४८ हजार ४ सय ९१ रुपैयाँ आएको छ ।
यी बाहेक माओवादीद्वारा द्वन्द्धकालमा आगजनी गरिएको खुदीस्थित कृषि सेवा केन्द्रको भवन पुननिर्माणका लागि २५ लाख ३६ हजार ४ सय १३ रुपैयाँ जिविस मार्फ आएको जिविसको लेखा शाखाले जनाएको छ ।
No comments:
Post a Comment