बेसीशहर- हिमाल पारीको जिल्ला मनाङ जोडने एकमात्र बेसीशहर-चामे सडकको निर्माण कार्य पुनः अबरुद्ध भएको छ ।
मनाङको धारापानी गाउँ विकास समिती वार्ड नं १ का ताल गाउँबासीले उक्त सडकलाई ताल बजार हुँदै नलगि मर्स्याङदी वारिबाटै लगिएको भन्दै बिरोध गर्दे निर्माण कार्य रोकेका हुन् ।
तालबजारका स्थानीयबासीको एक भेलाले तालबजार हुदै सडक निर्माण नगरिएकोमा बिरोध जनाउँदै निर्माण कार्य रोक्ने निर्ण्र्ाागरे अनुसार सडक निमार्ण्र्ाार्य रोकिएको हो । करिब सय जनाको उपस्थिती रहेको भेलाले तालबजार बाटो लग्ने निर्ण्र्ाानभएसम्म निर्माण कार्यमा अबरोध गरिरहने निर्ण्र्ाागरेका छन् । मंसिर १५ गतेसम्म आफ्नो पक्षमा निर्ण्र्ाानभए २० गतेबाट मनाङ जिल्लामा नाकाबन्दी गर्ने चेतावनी उनीहरुले दिएका छन । निर्माण कार्य नरोकिए निर्माण सामग्री नै खोस्नुको साथै प्रतिकारमा उत्रने चेतावनीपर्ूण्ा पत्र प्राप्त भएपछि निर्माण कार्य रोकीएको बेसीशहर-चामे सडक निर्माण कार्य गणका गणपति बिनोदजंग राणाले बताए । कार्यगणले निर्माण कार्य राकिएको बारेमा सेनाको बिकास निर्माण निर्देशनालय काठमाण्डौलाई समेत एक पत्र लेखि जानकारी दिएको छ । तालबासीकै बिरोधको कारण गत बर्षो माघको पहिलो साताबाट सडकको बाँकी खण्डमा निर्माण कार्य रोकीएको थियो । कताबाट सडक लैजाने भन्ने बिवादले सडकको निर्माण कार्य रोकीए पनि बिवाद को बिषयमा निर्ण्र्ाागर्न राष्ट्रिय योजना आयोग र सरकारलाई दश महिना लागेको थियो ।
आयोगको मर्स्याङदी वारिबाटै सडकको निर्माण कार्य सूचारु गर्ने निर्ण्र्ााआएपछि गत कार्तिकको तेस्रो साताबाट बाँकी १३ किमी सडक खण्डमा सेनाले निर्माण कार्य शुरु गरेको थियो । राष्ट्रिय योजना आयोगले यस अघि सडक बिभागले र्सर्भे गरेकै रेखाङ्कनलाई मान्यता दिएको हो । लमजुङको बेसीशहरबाट शुरु गरिएको सडक खुदी-भूलभूले-स्याँगे-जगत-च्याम्चे-धारापानी हुदै मनाङको सदरमुकाम चामे पुर्याउने योजना छ । यो सडक खण्डले मर्स्याङदी पारी रहेको मनाङको एकमात्र गँाउ तालबजारलाई भने छुँदैन । निर्माण सुुरु भएको चौध बर्षपछि मनाङ प्रबेश गर्न लागेको सडक आफ्नो गँाउलाई छुटाएर पारिबाटै जाने भएपछि आफूहरुलाई दुःख लागेको स्थानीय जित बहादुर गुरुङले बताए ।
प्राबिधिकहरुले भने तालबजार हुदै बाटो लैजाँदा मर्स्याङदीमा दर्ुइ ठँाउमा मोटरेवल पुल हाल्नु पर्ने र ताल नजिकैको साततलेको कडा चट्टानको पहरो फोर्नु पर्ने हुदा समय र लागत बढने बताउदै आएका छन । तालबजारबासी भने मोटरबाटोले आफ्नो गँाउलाई छलेर गए आफ्नो व्यापार व्यबसाय चौपट्ट हुनुको साथै बिकासबाट बञ्चित हुने बताउछन् ।
सरकारले यसै बर्षभित्र मनाङको सदरमुकाम चामेमा मोटर पुराउने लक्ष्य राखेको छ । सडकको निर्माण कार्य पुन रोकीदा मनाङबासीको यसैबर्षमोटर चढने सपना भने अधुरै रहने भएको छ ।
लमजुङको सदरमुकाम बेसीशहर देखि मनाङको सदरमुकाम चामे सम्म कुल ६५ किमी रहेकोमा हाल सम्म ५२ किमी सडक निर्माण भई सकेको छ । बेसीशहरबाट जगत सम्म ३० किमी र मनाङको चामे देखि धारापानी सम्म २२ किमी सडक निर्माण गरिएको छ ।
बेसीशहर चामे सडक खण्डमा अहिले लमजुङको बेसीशहरबाट स्यागे सम्म २७ किमी सडक खण्डमा मोटर चलेको छ ।
चौध बर्षअघि २०५१ सालमा सडक बिभागले शुरु गरेको यो सडक २०५७ बाट नेपाली सेनाले निर्माण गर्दे आएको छ । सेनाको बेसीशहर चामे सडक निर्माण कार्य गणले यसको निर्माण कार्य गर्दे आएको छ ।
अन्नपर्ूण्ा पदयात्रा मार्गको प्रस्थान बिन्दु बेसीशहरबाट शुरु हुने यो सडकको निर्माण पछि छोटो समयको लागि अन्नपर्ूण्ा पदमार्गमा आउने पर्यटकलाई सुबिधा पुग्ने छ । हाल अन्नपर्ूण्ा पदमार्ग छिचोल्न करिब १६ दिन लाग्ने भएपनि यो सडककको निर्माण भएपछि करिब एक साता भन्दा बढि समय लाग्दैन । सडक निर्माण पछि मनाङको स्याउँ,जडिबुटि र आलु निर्मातमा समेत सहयोग पुग्दछ ।
No comments:
Post a Comment