scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, November 25, 2008

मध्यमर्स्याङ्दीले पीडा दियोः जलस्रोत मन्त्री पौडेल


बेसीशहर मंसिर १०
जलश्रोत मन्त्री विष्णु पौडेलले मध्यमर्स्याङ्दी जलविद्युत परियोजना अहिले मुलुककै लागि पीडाको घाउ भएको बताउर्ँर्दै यसलेे नेपाल र नेपालीको लागि नयाँ शिक्षा दिएको बताएका छन् ।
निर्माण सम्पन्न भै परीक्षणको क्रममा रहेको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको अवलोकन भ्रमणका लागि लमजुङ आएका मन्त्री पौडेलले आइतबार संचारकर्मीसंग कुरा गर्दै भने- "अब हामीले कुनै पनि ठूला परियाजना सम्झौता गर्नु अघि मध्यमर्स्याङदीले दिएको पाठलाई भुल्नु हुँदैन ।"
सो अवसरमा मन्त्री पौडेलले केही राजनीतिक दलका नेताहरु सरकार ढाल्न लागि परेको आरोप लगाउँदै वर्तर्मान सरकार कसैले ढालेर नढल्ने ठोकुवा समेत गरे । उनले संविधान सभामार्फ जनप्रतिनिधिमूलक नयाँ नेपाल निर्माण नभईञ्जेल कसैले पनि सरकार ढाल्न नसक्ने दावी गरे ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउने र नयाँ जनमुखी संविधान निर्माण गर्ने नै अहिले सवैको दायित्व हो भन्दै मन्त्रीले भने-"जनताका लागि नयाँ संविधान २०६७ साल जेठ महिनाभित्र निर्माण हुन्छ, कसैले शंका गर्नु पर्दैन ।"
परियोजनाको निरीक्षण तथा आगामी मंसिर २९ मा गरिने भनिएको उद्घाटनको तयारीबारे बुझन मन्त्री पौडेल अनौपचारिक रुपमा शनिबार लमजुङ आएका हुन् । उनी लमजुङ आउने कुरा उनी सम्बद्ध दल एमालेका नेता र प्राधिकरणका कर्मचारीलाई बाहेक अरुलाई पत्तै थिएन ।
बिहीबारदेखि आफ्ना माग पुरा गराउन मध्यमर्स्याङदीका सवारी रोक्दै आएका पीडित स्थानीय भोेटेओडारको सिउँडीबारका बासीन्दाले उनीसहित अर्थसचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई समेत सिउँडीबारमा रोकेेर विरोध जनाएका थिए । स्थानीयबासीका मागका बारे साढे ५ घण्टा वार्ता गरी सबै पूरा गर्ने लिखित गरेपछि मात्र साँझपरेपछि उनी परियोजना निरीक्षण्का लागि निस्कन पाएका थिए ।

No comments:

Post a Comment