बेसीशहर मंसिर १०
यहाँस्थित शेराबजारमा क्रियाशील बेसीशहर युथ सोसाइटीको सक्रियतामा बेसीशहरस्थित गरुड दल गणमा एक प्रतिनिधिमण्डलले भेट गरी कर्पुरेश्वर महादेव मन्दिर जाने परम्परागत बाटो खोल्न आग्रह गरेको छ।
सोसाइटीका अध्यक्ष प्रदिप बस्नेतको नेतृत्वमा स्थानीय समाजसेवी, ब्यापारी तथा युवाहरु सम्मिलित टोलीले गरुड दल गण, कर्पुरेश्वर ब्यारेकका गणपति विनोद अधिकारीलाई भेटी उक्त परम्परागत मार्ग खुल्ला गर्न माग गरेको हो । यसलाई सेनाले सकरात्मक रुपमा लिएर यस विषयमा केन्द्रमा जानकारी गराउने आश्वासन दिएको बुझिएको छ ।
सेेनाले ०५८ सालमा दनाइफाँटस्थित मलामी चौर आफ्नो प्रयोगमा ल्याएपछि उक्त चौर हुँदै कर्पुरेश्वर मन्दिर तथा घाटमा जान सेनाले प्रतिबन्ध लगाउँदै आएको छ ।
No comments:
Post a Comment