भोटेओडार-मंसिर १०
८ बर्षछि बल्ल तल्ल काम सकिएको मध्यमर्स्याङदी जलविद्युत परियोजनाको निरीक्षण भ्रमणमा आएका विभागीय मन्त्री विष्णु पौडेललाई स्थानीय बासीले शनिबार साढे पाँच परियोजना निरीक्षण गर्न जान दिएनन् ।
परियोजनाले स्थानीयबासीसंग गरेका सम्झौता कार्यान्वयन नभएको विरोधमा स्थानीयबासीले मन्त्री पौडेललाई लमजुङको भोटेओडार गाविसको सिउँडीबारमा रोकेका थिए । परियोजनाबाट प्रभावित स्थानीय जनताहरुलाई परियोजनाले दिनुपर्ने सुविधा नदिएको विरोधमा विहीबारबाट स्थानीय बासीले परियोजनाका सवारीलाई दैनिक आधा घण्टा रोक्दै आएका थिए ।
परियोजनाका कारण स्थानीय खानेपानीका मुल सुकेका कारण जनताले खानेपानी उपभोग गर्न नपाएका, ठूला ठूला निर्माण सामाग्री बोक्ने ठूला सवारीले सडक विगारेको सडक कालोपत्रे नगरिएको, सडकमा सडक बत्ती नभएको, ४ बर्षाई भाडामा लिइएका ६ वटा घरको ८ बर्षवित्दा पनि ४ बर्षो मात्र भाडा दिइएकाले आन्दोलनमा उत्रनु परेको स्थानीय बाबुराम पौडेलले बताए ।परियोजना प्रभावित क्षेत्रमा ढल, सामुदायिक भवन, पुस्तकालयको व्यवस्था गर्ने आश्वासन दिए पनि ८ बर्षम्म परियोजनाले माखो नमारेका कारण आन्दोलन गरिएको अर्का स्थानीयबासी रामकान्त खनालले बताए । मन्त्रीको स्वागतमा त्यहाँ पुगेका सभासद पृथ्वी सुब्बा गुरुङलाई समेत स्थानीयबासीले ख्याउँ ख्याउँ पारिदिए ।
स्थानीयबासीले परियोजनाका कर्मचारीदेखि, प्रहरी, सिडिओ र स्थानीय नेतासम्मको कुरा सुनेनन् । दिउसो १२ बजेतिर आएका मन्त्री पौडेल वरैबाट झरेर हिँड्न बाध्य भए ।
परियोजनाको निरीक्षण र उद्घाटनको तयारीबारे बुझन आएका मन्त्रीले स्थानीयबासीसंग वार्ता नगरी धरै पाएनन् । अन्तमा परियोजनाको कार्यालय फेदिकुनामा मन्त्री, विद्युत प्राधिकरणका एम डी, विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थितिमा परियोजना प्रमुख, र स्थानीयबासीबीच वार्ता शुरु भयो । वार्ताका क्रममा स्थानीयबासीले मुलुककै ठूलो परियोजना भए पनि स्थानीय बासीले धुवाँ धुलो र प्रदुषण बाहेक केही नपाएको गुनासो मन्त्रीसमक्ष राखे ।परीयोजनामा गइ माग राख्दा परियोजनाका कर्मचारीले हामीले गरेेर केही हुँदैन, ठूलो मान्छे छैन भन्दै पन्छिने गरेको गुनासो गर्दै स्थानीयबासीले मन्त्री पौडेलसमक्ष अब तपाइँ ठूलो मान्छे आउनुभएको छ हाम्रो माग पुरा गरिदिनुससम्म भने ।
स्थानीयबासीका जायज माग सुने पछि मन्त्री पौडेलले सबै माग पुरा गर्न मञ्जुर गरे । उनले परियोजना क्षेत्रको सडक पिच गर्नेदेखि विगतमा भएका सवै सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता मात्र जनाएनन्, मध्यमर्स्याङदी अत्यन्त पीडादायक परियोजना भएको, यसले जवर्जस्त शिक्षा दिएको र अबका परियोजना सम्झौता गर्दा यसबाट शिक्षा लिनुपर्ने सम्म बताए ।
मन्त्रीले प्रतिवद्धता जनाए पनि स्थानीयबासीले विगतमा पनि त्यस्तै आश्वासन सुनेर धोका पाइएको स्मरण गर्दै लिखित सम्झौता हुनुपर्नेमा जोड दिए । अन्तमा मन्त्री पौडेलले लिखित सम्झौता गर्न निर्देशन दिए पछि सम्झौताको कागज गरिएको थियो ।
साढे ५ घण्टासम्म स्थानीयबासीसंग अल्झेर रात परेपछि मन्त्री परियोजनाको निरीक्षण गर्न गएका थिए
No comments:
Post a Comment