scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, November 18, 2008

मंसिर अन्तमा दोस्रो पर्यटन साहित्य यात्रा


बेसीशहर मंसिर ३
हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले आगामी मंसिर २६ गतेदेखि दोश्रो पर्यटन साहित्य यात्रा शुरु गर्ने भएको छ ।
सिउरुङ महोत्सव २०६५ को अवसर पारी आगामी मंसिर २६ गतेदेखि खुदी गाविसको सिउरुङमा पर्यटन साहित्य यात्रा गरिन लागेको हो । साहित्य यात्रामा वरीष्ठ साहित्यकार सरुभक्तलाई प्रमुख अतिथि बनाउने लक्ष्य प्रतिष्ठानले राखेको छ ।
साहित्यको माध्यमबाट पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतिष्ठानले गत जेठबाट पर्यटन साहित्य यात्रा शुरु गरेको हो । पहिलो चरणमा ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको पुरानोकोटमा पर्यटन साहित्य यात्रा गरिएको थियो ।
प्राकृतिक सुन्दरताले भरिपर्ूण्ा सिउरुङ गाउँमा गुरुङ जातिको घना वस्ती छ । त्यहाँको प्राकृतिक सुन्दरता, हिमाली दृष्यावलोकन, स्थानीय बासीन्दाको हार्दिकता, आत्मीयता र पाहुना सत्कारलाई स्रष्टाहरुले सोही स्थानमा कविता, मुक्तक, गीत तथा गजल रचना गरी सोही मार्फ ब्यक्त गर्ने कार्यक्रम रहेको हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले बताए ।

No comments:

Post a Comment