scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 3, 2008

गणतान्त्रिक फुटवल प्रतियोगिता शुरु


बेसीशहर मंसिर १६
गणतान्त्रिक फुटवल महासंघ लमजुङको आयोजनामा गाविसस्तरीय छनौट प्रतियोगिता बेसीशहरमा सञ्चालन भइरहेको छ ।
गत हप्ताबाट शुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न गाविसका गरी ४४ टीमले सहभागिता जनाएका छन् । जसमध्ये बेसीशहर, सुन्दरबजार र भोटेओडारका २/२ टीम सहभागी छन् ।
प्रतियोगिता अर्न्तर्गत सोमबारबाट प्रिक्वार्टर फाइनलका खेलहरु सञ्चालन भइरहेका छन् । सोमबार भएको अन्तिम खेलमा कोल्की गाविसलाई २-१ ले हराउँदै वन्सार गाविस क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
यस अघि समूह "क" बाट कोल्की, बाहुनडाँडा, वन्सार, चक्रतर्ीथ, पसगाउँ, भोर्लेटार, हिलेटक्सार, ता.टक्सार, ढोडेनी, विचौर, सुन्दरबजार, तार्कुघाट, ताघ्रिङ, बेसीशहर रातो, उदीपुर र श्रीमञ्ज्याङ दोस्रो चरणमा प्रवेश गरेका थिए । त्यस्तै समूह "ख"बाट भोटेओडार निलो, पाचोक, भोटेओडार रातो, गाउँशहर, बाग्लुङपानी धमिलीकुवा, गौंडा, इलमपोखरी,ुदी, घनपोखरा, चण्डीस्थान, दूधपोखरी, मालिङ, भुलभुले र बेसीशहर रातो दोस्रो चरणमा प्रवेश गरेका थिए ।
त्यस्तै प्रतियोगितामा कोल्की, बन्सार, पसगाउँ, हिलेटक्सार, विचौर, सुन्दरबजार ए, बेसीशहर रातो, श्रीमञ्ज्याङ, बेसीशहर निलो, भोटेओडार निलो, बाग्लुङपानी, भोटेओडार रातो, धमिलीकुवा, खुदी, घनपोखरा र मालिङ गाविस प्रिक्वार्टर फाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल मंसिर २१ गते हुने गणतान्त्रिक खेलकुद महासंघ लमजुङका अध्यक्ष जनक महताराले बताए ।

No comments:

Post a Comment