बेसीशहर मंसिर १६
लमजुङ जिल्लामा एचआईभी संक्रमितको संख्या दिनानुदिन बढदै गएको एक तथ्याङ्कले देखाएकोछ ।
जिल्ला एड्स समन्वय समितिले दिएको एक तथ्याङ्कका अनुसार लमजुङमा एचआईभी संक्रमितको संख्या ८७ पुगेको छ ।
जिल्लामा एड्स रोगबाट मर्नेको सँख्या एक दर्जन जति भएपनि रर्ेकर्डमा भने ४ जना मात्र राखिएको पाइन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङ र लमजुङ सामुदायिक अस्पतालको पहलमा एचआईभी संक्रमितहरुको तथ्याङ्क निकालिएको हो । तथ्याङ्क अनुसार पुरुष ६३ र महिला २४ जना छन् । सवैभन्दा वढी ३० देखि ३९ वर्षम्मका ५ जना छन् भने ५ देखि ९ वर्षम्मका १ जना संक्रमित छन् ।
यसअघिका वर्षरुमा सवैभन्दा बढी २०६२/०६३ मा ३१ जनामा एचआईभी संक्रमित फेला परेको थियो । त्यस्तै २०६४/०६५ मा १८, ०६३/०६४ मा १५, २०६०/०६१ मा १३, २०५९/०६० मा ८, र २०६१/०६२ मा २ जनामा एचआईभी संक्रमित देखिएको छ । अहिलेसम्मको तथ्याङ्क अनुसार सवैभन्दा बढी वेसीशहर गाविसमा ८ जना एचआईभीसंक्रमित फेला परेका छन् । त्यसैगरि घनपोखरा गाविसमा ५, बन्सार, भोँजे, भोटेवडार, धमिलिकुवा, सिम्पानी र उदीपुर बाग्लुङपानी गाविसमा ४/४ जना, भुजुङ र खुदीमा ३/३ जना, भारते, बाँझखेत, चण्डिस्थान, चक्रतर्ीथ, ढोडेनी, गाउँशहर, सुन्दरबजार र तार्कुघाटमा २/२ जना र चन्द्रेश्वर, दुराडाँडा, गिलुङर्,र् इलमपोखरी, पाचोक, उत्तरकन्या र दूधपोखरी गाविसमा १/१ जना एचआईभी संक्रमित रहेका छन् भने गोरखा जिल्लाका ७, तनहुँका ३ र अन्य जिल्लाका ३ जनामा एचआईभी संक्रमित भेट्टएिको छ । यी मध्ये पुरुष ६३ र महिला २४ जना छन् । एचआईभी संक्रमितहरु समान्य रोग लिएर लमजुङ सामुदायिक अस्पतालमा उपचारका लागि आउने क्रममा रगत परीक्षण गराउँदा थाहा
भएको हो ।
लमजुङमा एचआईभी संक्रमितहरुको अवस्था विकराल वन्दै गएपछि संवन्धित संघसंस्थाले आफ्नो ध्यानाकर्षा गरेको छ । लमजुङ सामुदायिक अस्पतालले गत साउन महिनादेखि एचआईभी संक्रमितको स्वास्थ्य परीक्षण र आवश्यक सल्लाह दिईरहेका छन् । यसैगरि जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले पनि विविध कार्यक्रमहरु गर्दै आएका छन् ।
सोमबार विश्व एड्स दिवसको अबसर पारेर जिल्ला एड्स समन्वय समिति, जिल्ला जनस्वास्थ्य, लमजुङ सामुदयिक अस्पतालका साथै अन्य सघसंस्थाहरु मिलेर एड्स रोकथामको बारेमा सचेतना तथा र्याली गरे । साथै बेसीशहर र जिल्लाका अन्य भागमा एड्स सम्बन्धी जनचेतनामूलक नाटकहरुसमेत प्रस्तुत भएका थिए ।

No comments:
Post a Comment