scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 3, 2008

रमेश पिया स्मृति पुरस्कार गुरुङलाई


बेसीशहर मंसिर १६
हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङले यसैबर्षेखि सञ्चालन गरेको रमेशकुमार पिया स्मृति पुरस्कार साहित्यकार, इतिहासकार तथा ज्योतिषशास्त्री इन्द्र बहादुर गुरुङले प्राप्त गरेका छन्।
बिहीबार आयोजित एक कायक्रममा संस्थाका बयोबृद्ध कवि मेदिनी सुवेदीले संयुक्त रुपमा उनलाई पुरस्कार प्रदान गरेका थिए ।
गिलुङ गाउँ विकास समिति वडा नं. ५ मा वि.सं. १९९१ भदौ ३१ गते जन्मेका गुरुङले नेपाली तथा गुरुङ साहित्य, इतिहास र ज्योतिषशास्त्रको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।
गुरुङका तौं पा सोंफू -तीन कुरा), गुरुङ नेपाली शब्दकोष -प्रज्ञा प्रतिष्ठान), बुद्ध तथा वोन्पो क्यालेण्डर, तमु चिं, पर्यावरण गीत, ब्यस्त त्रैराशी-चौरासी छन्दमय गणित, गुरुङ लोक संस्कृतिको लोकगीत संगालो, सिकारी भाषा, नाटी कुटी जस्ता कृति प्रकाशित छन् भने अरु धेरै कृतिहरु प्रकाशोन्मुख छन् । गुरुङ नेपाल राष्ट्रिय ज्योतिष विज्ञान सेवा समितिका केन्द्रीय सदस्य समेत हुन्। गुरुङ संस्कृतिका बारेमा उनका दर्जनौं लेख प्रकाशित छन् ।
संस्थाका संस्थापक उपाध्यक्ष स्व. रमेश कुमार पियाको स्मृतिमा
यसैबर्षेखि पुरस्कार स्थापना गरिएको हो । पुरस्कारका लागि स्वर्गिय पियाका परिवारले अक्षय कोषको व्यवस्था गरिदिएका छन् । पुरस्कार राशी ३ हजार ३ सय ३३ रुपैयाँ र कदर पत्र छ ।


No comments:

Post a Comment