scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 3, 2008

विद्यार्थी सहुलियत खै -


बेसीशहर मंसिर १७
- यातायात ब्यवसायीले विद्यार्थी सहुलियत नदिएको र सहुलियत माग्ने विद्यार्थीलाई अभद्र ब्यवहार गरेका भन्दै तीन विद्यार्थी संगठनले सोमबार दिउसो १ बजेबाट करीब ३ घण्टा डुम्रे बेसीशहर सडक खण्डमा चक्काजाम गरे ।
अनेरास्ववियू क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूले विद्यार्थी सहुलित माग्ने विद्यार्थीलाई एक बसका कण्डक्टरले लिभरले कुट्ने कोशिस गरेकाले आन्दोलन गरिएको बताएका छन् । नेविसंघ लमजुङका अध्यक्ष बृषबहादुर गुरुङले पटक पटक विद्यार्थी सहुलियत दिने ब्यवसायीहरुले प्रतिवद्धता जनाए पनि ब्यवहारमा कार्यान्वयन नभएको र उल्टै सहुलियत माग्ने विद्यार्थीलाई कुट्न खोजे पछि बाध्य भएर आन्दोलन गरीएको बताए ।
यातायातमा विद्यार्थी सहुलियतको विषयमा गत कार्तिक २९ गते पनि विद्यार्थीहरुले डुम्रे बेसीशहर सडक खण्ड अबरुद्ध पारेका थिए । पछि यातायात ब्यवसायीले माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता भएको थियो ।

No comments:

Post a Comment