scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, December 3, 2008

एच.आइ. भी. संक्रमितको सम्मान


बेसीशहर मंसिर १८
विश्व एड्स दिवसको अबसरमा लमजुङमा पहिलो पटक र्सार्वजनिक भएका एच.आइ. भी. संक्रमितलाई एक कायक्रमका साथ सम्मान गरिएको छ ।
जिल्ला विकास समितिको सभाहलमा जिल्ला एड्स समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा साधुराम पण्डितलाई सम्मान गरिएको हो । एड्स दिवसका अवसरमा लमजुङ सहयोगी समूहको आयोजनामा सदरमुकाम वेसीशहर लगायत भोटेओडार र सुन्दरबजारमा सडक नाटक पर््रदर्शन गरियो । यसैगरि रोट्रयाक्ट क्लब अफ लमजुङको आयोजनामा सदरमुकाम वेसीशरहर साथै भोटेओडार र सुन्दरबजारमा सडक नाटक पर््रदर्शन गरिएको थियो । त्यस्तै सदरमुकाम वेसीशहरस्थित जनविकास उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले पनि वेसीशहरका गणतान्त्रिक चोकमा सडक नाटक पर््रदर्शन गरेका थिए । सडक नाटकमा एचआईभी एड्स लाग्न नदिन र लागेकालाई समाजले सकारात्मक रुपमा लिन अनुरोध गरिएका नाटक पर््रदर्शन गरिएकाछन् ।
यता, एचआइभी संक्रमितहरुको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले दिएको जानकारी अनुसार लमजुङमा एचआइभी संक्रमितहरुको संख्या ८७ पुगेको छ । जिल्ला एड्स समन्वय समिति लमजुङका अनुसार एचआइभी संक्रमितहरुमा पुरुष ६३ र महिला २४ जना छन् । एचआइभी एड्सको संक्रमणवाट मर्नेहरुको संख्या धेरै भएपनि रर्ेकर्डमा ४ जनामात्रै देखाईएको छ । समितिले जिल्ला जनस्वास्थ्य कार्यालय र लमजुङ जिल्ला सामुदायिक अस्पतालको पहलमा एचआईभी संक्रमितहरुको तथ्याङ्क निकालेको हो । लमजुङ जिल्ला सामुदायिक अस्पतालले विरामीको रगत परीक्षण गरि २०५९ सालदेखि एचआइभी संक्रमितहरुको तथ्याङ्क राख्दै आएको छ ।
लमजुङ जिल्ला सामुदायिक अस्तालमा एआईभी एड्स सम्बन्धि निःशुल्क स्वेच्छिक परामर्श तथा परीक्षण केन्द्र खोलेपछि मात्रै २४ जनामा एचआईभी पोजेटिभ भेटिएको केन्द्रका परामर्शदाता मिखायल शेखले जानकारी दिए ।
एच.आइ.भी. संक्रमितहरुको संख्या लमजुङमा बढ्दै जानु चिन्ताको विषय वनेको लमजुङ जिल्ला सामुदायिक अस्पतालका निर्देशक धर्मराज गोसाइँ वताउछन् ।

No comments:

Post a Comment