बेसीशहर मंसिर १७
बेसीशहर- संस्थामा भएको लाखौं आर्थिक अनिमियतता गरेको भनी कारबाहीमा परेका लमजुङ बिद्युत उपभोक्ता संस्थाका कर्मचारीद्वय कपिल घिमिरे र रामकृष्ण वरालले आफँुहरु निर्दोष भएको दावी गर्दै समितिले पर्ूवाग्रह राखेर विधान विपरित कारबाही गरेको आरोप लगाएका छन् ।
सोमबार बेसीसहरमा एक पत्रकार सम्मेलनको आयोजना गरी घिमिरे र वरालले सो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा घिमिरेले संस्थाको कर्मचारी विनियममा कुनै कर्मचारीले गल्ती गरेमा पद घटाउन सक्ने कुनै नियम नै नभएको बताए । उनले भनेे- विनियममा सामान्य सजाय स्वरुप चेतावनी, नसियत, तलव नबढाउने र वढुवा रोक्का राख्ने सम्म प्रावधान रहेको र विषेश सजाय स्वरुप पुनः सेवामा अयोग्य नठहरीने गरी बर्खास्त गर्ने र सदाका लागि अयोग्य ठहरीने गरि जागिरबाट हटाउन सक्ने ब्यवस्था छ ।"घिमिरेले अगाडि भने- "विनियममा स्पष्ट रुपमा कारबाहीको प्रकृति र स्वरुप उल्लेख हँुँदा हुँदै पनि समितिले मलाई लेखा अधिकृत पदबाट एक पद घट्ने गरी लेजर शाखामा पठाएकोे छ, जुन सरासर गलत छ । उनले संस्थाभित्र भएको भ्रष्टाचारमा सहलेखापाल ध्रुव तिवारीको हात रहेको र उनले स्वीकार गरी केही रकम संस्थामा बुझाइसकेको स्मरण गराउँदै -बाँकी ५ पेजमा)संस्थाभित्रको भ्रष्टाचार आफैले पत्ता लगाएर समितिका पदाधिकारीलाई थाहा दिएको पनि बताए । गत कार्तिक ५ गते सहलेखापाल तिवारीले संस्थाको अनियमिततामा आफ्नो हात रहेको र यसमा अन्य कुनै पनि कर्मचारी संलग्न नभएको जनाउँदै अनियमितता भएको रकम सबै आफूले संस्थामा बुझाउँछु भनि संस्थाका कोषध्यक्ष तारानरेश पौडेल, आफू र सहकर्मी रामकृष्ण बरालको रोहबरमा कागज गरेको पनि घिमिरे र बरालले बताए । उनीहरुले थपे- "भौचर र चेकमा हाम्रो सँगै कोषाध्यक्ष र अध्यक्षको पनि सही हुन्छ, हामीसंगै उनीहरु पनि त्यही चेकमा सही गर्ने अनि उनीहरु चाहिँ चोखिने हामी कारबाहीमा पर्ने - यो कस्तो न्याय हो -"
सजाय दिनु अघि सम्बन्धित कर्मचारीलाई पर्ूव जानकारी दिनुका साथै उनीहरुको राय सुन्ने र उनीहरुले पुनराबेदन गर्न पाउने विनियममा प्रावधान छँदा छँदैै पनि त्यसो गर्नै नदिई हचुवा पारामा पर्ुवाग्रही ढंगमा समितिले कारबाही गरेेको उनीहरुले स्पष्ट गरे ।
सोही अवसरमा कारबाहीमा परी घटुवा गरिएका अर्का कर्मचारी रामकृष्ण बरालले आफ्नो एक ग्रेड मात्र रहेकोमा दुइ ग्रेड घटाउने हास्यास्पद निर्ण्र्ाासमितिले गरेको भन्दै अचम्म माने ।
लमजुङ विद्युत उपभोक्ता संस्थामा लाखौ आर्थिक अनियमितता भएको समाचार संचार माध्यममा आएपछि संस्थाका अध्यक्षर् इन्द्रराज चिलुवालको अध्यक्षतामा गठित छानवीन समितीले लेखाप्रमुख कपिल घिमिरेले समितिलाई जानकारी दिए अनुसारको रकम मात्र अनियमित भएको ठहर गरी त्यसमा संलग्न भएको आरोपमा लेखाप्रमुख कपिल घिमिरे, सहलेखापाल धु्रव तिवारी र रामकृष्ण बराललाई कारबाही गरेको थियो ।
No comments:
Post a Comment