बेसीशहर असार २० मुलुकमा गणतन्त्र स्थापना भएको ६ महिना वितिसक्दा पनि द्वन्द्धका क्रममा वेपत्ता बनाइएका नागरिकहरुको कुनै सूचना सरकारले उपलब्ध नगराएको भन्दै बेपत्ता नागरिकका परिवारले यस्तै अवस्था कायम रहिरहे शान्ति प्रक्रिया भाँडिने चेतावनी दिएका छन्् ।
लमजुङको सदरमुकाम बेसीशहरमा अघिल्लो बुधवार सामाजिक न्याय समितिद्वारा आयोजित "सरकारको जवाफदेहिता र न्यायको प्रश्न, बेपत्ता र अपाङ्गको सवाल" विषयक क्षेत्रीय अन्तरक्रिया गोष्ठी सहभागीहरुले अब पनि राज्यले बेपत्ता नागरिकको सही सूचना परिवारजनलाई नदिए सशस्त्र आन्दोलन गर्ने चेतावनी समेत दिए ।
सामाजिक न्याय समिति लमजुङका संयोजक तथा बेपत्ता परिवारका सदस्य रामकुमार भण्डारीले वर्तमान सरकारले बेपत्ता नागरिकहरुलाई समेत शहीदको सूचिमा राखेकोमा आपत्ती जनाए । कार्यक्रममा उनले बेपत्ता नागरिकको सवाललाई ओझेलमा पारेर सरकारले राहतको कनिका र्छन खोजेको भन्दैै रोष मात्रै ब्यक्त गरेनन्, मुद्दालाई ओझेलमा पार्ने दुष्साहस गरिएको भन्दै आपत्ती जनाए ।
कार्यक्रममा संविधानसभाका सभासद सावित्री दुराले बेपत्ता परिवारको पीडालाई सम्बोधन गर्नका लागि सरकारले तुरुन्त र्सबमान्य उच्चस्तरीय आयोग बनाउनु पर्ने र नागरिकलाई बेपत्ता पार्ने काममा संलग्न प्रशासनिक तथा फौजी ब्यक्तिहरुलाई तुरुन्त निलम्बन गर्नुपर्ने माग गरिन् ।
कार्यक्रममा बेपत्ता नागरिकका परिवारले आफूहरुले आफ्ना आफन्तको लास वा सास देखाउन पटक पटक आग्रह गरे पनि कुनै पक्षले पनि मागको सुनुवाइ नगरेकामा दुःख ब्यक्त गरेका थिए ।
देशमा संविधानसभाको निर्वाचन सम्पन्न भइ माओवादी नेतृत्वमा सरकार बने पनि संरचना नफेरिएका भन्दै उनीहरुले दण्डहिनताको अन्त्य नभएकोमा दुःख प्रकट गरे । वेपत्ता परिवारप्रति सरकारले चासो नराखेका कारण सरकारको जवाफदेहितामाथि शंका उठेको सहभागीले गुनासो गरेका थिए ।
कार्यक्रममा लमजुङ, गोरखा, चितवन, धादिङ, कास्कीका बेपत्ता नागरिकका परिवारको उपस्थिति थियो । गोष्ठीमा वेपत्ता नागरिकका परिवारको संलग्नतामा "बेपत्ता खोजबिन दवाव समूह"को गठन गरेको छ । समूहको संयोजकमा रामकुमार भण्डारी -लमजुङ),सचिव पुरुषोत्तम खनाल-स्याङजा) र सदस्यहरुमा मैया बस्नेत-लमजुङ) कृष्ण खनाल-गोरखा), प्रेम न्यौपाने-गोरखा)अणनाथ बराल-कास्की) र सल्लाहकारमा टीका कँडेल-धादिङ) छन् ।
लमजुङमा राज्यपक्षबाट १६ र माओवादीबाट २ जना बेपत्ता पारिएकामा उनीहरुको अवस्था अहिलेसम्म पनि अज्ञात छ । राज्यपक्षबाट बेपत्ता पारिएका इशानेश्वर गाविसका चोतनाथ घिमिरे र शेखरनाथ घिमिरेको गत बर्षकास्कीको जंगलमा जमीनमुनी गाडिएको अवस्थामा फेला परेको थियो ।
No comments:
Post a Comment