बेसीशहर माघ ८
दुराडाँडास्थित संस्कृति सदन माध्यमिक विद्यालयका विद्यार्थीहरु विद्यालयमै कम्यूटर शिक्षा लिन पाउने भएपछि निकै हषिर्त भएका छन् ।
हेल्प नेर्टवर्क नेपाल काठमाडौंको सहयोगमा विद्यालयमा ७ वटा कम्प्यूटर ल्याइएपछि विद्यार्थीहरुमा हर्षछाएको हो । विद्यालय व्यवस्थापन समितिका सदस्य दिपक न्यौपानेको पहलमा नेर्टवर्क नेपालले विद्यालयलाई कम्प्युटर उपलब्ध गराएको थियो । विद्यालयले कम्यूटर कक्षाका लागि केहि समय छुट्ट्याएर कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई कप्यूटर शिक्षा प्रदान गर्ने भएको छ ।
विद्यार्थी र शिक्षकसगै अभिभावकलाई पनि कप्यूटर शिक्षा प्रदान गर्ने प्रधानाध्यपक शिवशंकर तिवारीले वताउनुभयो । शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्प्युटरसम्बन्धी सामान्य जानकारी दिने उद्देश्यले विद्यालयमा ४ दिनसम्म प्रशिक्षण कार्यक्रमसमेत सञ्चालन गरिएको
थियो । कार्यक्रममा पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसका शुशिल शिल्पकारको नेतृत्वमा ४ जनाको टोलीले कप्यूटर चलाउन र यसको उपयोगिताको वारेमा प्रशिक्षण दिएका थिए ।
कम्प्यूटर र यसको उपयोगिताको बारेमा जानकारी पाए पछि दातृसंस्थालाई स्थानीयबासील्ै धन्यवाद दिनुका साथै प्रशिक्षकहरुलाई मायाको चिनो उपहार प्रदान गरी विदाई गरेका प्र.अ. तिवारीले बताए।
जिल्लाकै उत्कृष्ट नतिजा ल्याउने विद्यालयमध्ये एक यो विद्यालय आर्थिक अभावका कारण अभिभावकहरुको ऋणले सञ्चालन हुँदै आएको छ ।

No comments:
Post a Comment