बेसीशहर माघ १
नेपाल पत्रकार महासंघ लमजुङ शाखाको माघ महिनाभित्र निर्वाचन हुने भएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको केही दिन अघि गोरखाको मनकामनामा सम्पन्न विस्तारित वैठकले लमजुङ शाखामा रहेको विवाद मिलाउन पुनः निर्वाचन गर्ने निर्ण्र्ाागरेको महासचिव पोषण के.सी.ले बताएका छन् ।
पत्रकार महासंघ लमजुङको गत बर्षमाघ २२ मा आयोजित जिल्ला अधिवेशन सदस्यता विवादका कारण स्थगित भएपछि केन्द्रीय महाधिवेशनको संघारमा तत्कालीन केन्द्रीय समितिले गत वैशाख २१ गते जिल्ला समिति गठन गरी पदाधिकारी मनोनित गरेको थियो । केन्द्रीय समितिको निर्ण्र्ााविधान विपरित भएको भन्दै शाखाका १२ सदस्यले विरोध गर्दै आएका थिए । शाखाको विवादको निराकरण नगरी हचुवाको भरमा मनोनयन गरिएकोमा चित्त नबुझेका कारण शाखाका १२ सदस्यले सामूहिक रुपमा राजीनामा दिएपछि शाखाभित्रको विवाद अरु बढेको थियो ।
केन्द्रीय समितिले सबै पक्षलाई समेटेर जिल्ला शाखा गठन गर्ने उद्देश्यले पुन निर्वाचन गर्न लागिएको बताएको छ ।
शाखाभित्रको समस्या समाधानका लागि केन्द्रीय सदस्य तथा पश्चिमाञ्चलका संयोजक तथा सहसंयोजक पुण्य पौडेल र रवीन्द्र वास्तोलालाई जिम्मेवारी दिइएको छ । आउँदो माघ महिनाभित्र शाखाका सबै समस्या हल गरी निर्वाचन गराउन विस्तारित वैठकले केन्द्रीय कार्यसमितिको अधिकार दुबैजनालाई प्रत्यायोजन गरेको महासचिव के.सी.ले बताए । निर्वाचन हुने खबरले लमजुङका पत्रकारहरुमा नयाँ तरङ्ग ल्याइदिएको छ । यो निर्ण्र्ााे शाखाभित्रको विवाद सुल्भिmनेमा पत्रकारहरु आशावादी छन् ।
No comments:
Post a Comment