भोटेओडार माघ ८
यस गाविसको वडा नंं. ५ निवासी र्सर्ूयबहादुर कार्कीको चितुवाको आक्रमणबाट मृत्यु भएको छ ।
स्थानीय सिस्नेरी खोला नजिकैको झाडीमा उनकोे शव माघ ३ गते विहान फेला परेको थियो । इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक भेषराज रिजालका अनुसार बिहीबार साँझ भोटेओडार बजारबाट किनमेल गरी घर र्फकँदा उनलाई बाटोमा चितुवाले आक्रमण गरेको थियो । कार्की घर नफर्केपछि चिन्तित बनेका परिवारले भोलिपल्ट विहानै खोजविन गर्दा उनलाई वनमा मृत अवस्थामा भेटेका थिए ।
प्रहरी निरीक्षक रिजालका अनुसार कार्कीको अनुहार, बायाँ छाती र शरीरका विभिन्न ठाउँमा चितुवाले चिथोरेको थियो ।
No comments:
Post a Comment