scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, January 22, 2009

नेकपा माओवादी कार्यबाहक सचिबको जिम्मेवारी मोहनहरी पौडेललाई


बेसीशहर माघ ९
- एकीकृत नेकपा माओवादी जिल्ला संगठन लमजुङले कार्यबाहक सचिबको जिम्मेवारी मोहनहरी पौडेललाई तोकेको छ ।
यसअघि जिल्ला सचिव रहेका बुद्धिराम तमु संविधान सभाको सदस्यमा निर्वाचित भएपछि पौडेललाई उक्त जिम्मेवारी दिईएको हो । पौडेल यस अघि निर्बाचन क्षेत्र नं २ को इन्चार्ज रहेका थिए ।
बैठकले इलाका न ं४ को इन्चार्ज रहेका देवेन्द्र पौडेललाई निर्बाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी दिएको छ भने पौडेलको ठाउँमा नेत्र प्रसाद पौडेललाई तोकेको एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज देवेन्द्र
पराजुलीले बताए ।
यसैगरी एकिकृत नेकपा माओबादीले आव सोमबारबाट तीन महिने जिल्लाब्यापी राष्ट्रिय जागरण तथा विकास अभियान शुरु गरेको छ । चैत मसान्त सम्म चल्ने जागरण तथा विकास अभियानको क्षेत्र नम्वर १ को दर्ुइपिप्लेबाट जिल्ला इन्चार्ज देवेन्द्र पराजुली र क्षेत्र नम्वर २ को सदरमुकाम वेसीसहरबाट जिल्ला सचिव मोहनहरी पौडेलले शुरुवात गरेका थिए । जागरण अभियानको नेतृत्व क्षेत्र नम्वर एककी इन्चार्ज मधुमाया अधिकारी र दुइको इन्चार्ज देवेन्द्र पौडेलले गर्ने भएका छन् ।
अभियानमा जनबर्गिय संगठन, वाइसियल तथा सांस्कृतिक टोली सहितको जागरण अभियान टोली गाउँगाउँ पुगेर राष्ट्रिय भावनामा जागृत, राजनैतिक, वैचारिक तथा सरकारको निति तथा कार्यक्रम, बजेट, साक्षरता, सहकारी अभियानको बारेमा प्रशिक्षण दिनुका साथै गाउँ तथा एरिया कमिटिको गठन तथा पर्ुनगठन गर्ने जिल्ला सचिव मोहनहरी पौडेलले बताए । संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्रमा सवै प्रगतिशिल शक्तिहरु सँग पार्टर्ीीकता, कार्यगत एकता तथा सयुक्त मोर्चा निमार्ण्र्ााे आधार तयार पार्न यो अभियानले सहयोग पुग्ने पौडेलले बताए ।

No comments:

Post a Comment