बेसीशहर माघ ९
गाउँ जागरणको अभियानमा रहेको कांग्रेसले जिल्लाका विभिन्न भागमा गाउँ जागरण अभियानलाई तीब्र बनाएको छ ।
संविधानसभामा अपेक्षित नतिजा नआएका कारण कार्यकर्तामा निराशा छाउन नदिन र पार्टर्ीीे संगठन बनाउन कांग्रेस गाउँ जागरण अभियानमा लागेको हो । जस अर्न्तर्गत जिल्लाका ६१ वटै गाविसमा संगठन सुदृढिकरणको अभियान सञ्चालन भइरहेको नेपाली कांगे्रेस लमजुङले जनाएको छ । पार्टर्ीीकीकरण पछि दुव ैजिल्ला कार्यसमितिलाई मिलाएर एकै समिति बनाइए पनि गाउँ कार्यसमितिमा त्यसो हुन सकेको थिए । एकीकरणको सन्देश दिन र कार्यकर्ताको मनोबल उच्च राख्ने उद्देश्यले शुरु भएको अभियान फलदायी रहेको कांग्रेस नेताहरुले बताएका छन् ।
गाउँ जागरणमा गाउँ गएका नेताहरुलाई कार्यकर्ताहरुले कार्यक्रम लिएर गाउँमा आइरहन, कार्यकर्तालाई सैद्धान्तिक प्रशिक्षण दिन र निरन्तर कार्यकर्ताको सर्म्पर्कमा रहन आग्रह गरेका जागरण अभियानबाट फर्केका ने.का. लमजुङका सदस्य आनन्द घिमिरेले बताए । "हाम्रा कार्यकर्ता निकै उत्साहित छन्, संविधानसभाको निर्वाचन परिणामले कार्यकर्ता कति पनि विचलित छैनन् "- घिमिरेले भने ।
जागरणकै सिलसिलामार् इशानेश्वर गाविसमा गाउँ कार्य समितिको विस्तारर भातृसंगठनहरुको गठन भएको छ । जस अनुसार गाउँ
कार्यसमितिको सभापतिमा भीष्मकान्त "लाली" घिमिरे, उपसभापतिमा गुणराज घिमिरे, सचिवमा माधवप्रसाद घिमिरे, सहसचिवमा सोमनाथ अञ्जली र कोषाध्यक्षमा कुमराज गुरुङ छन् । त्यस्तै वडा संयोजकहरुमा कृष्णप्रसाद पोख्रेल-वडा नं. १), पर्ूण्ाचन्द्र पोख्रेल -वडा नं. २), कृष्णचन्द्र घिमिरे -वडा नं. ३) सानुमाया परियार -वडा नं. ४), शान्तादेवी घिमिरे -वडा नं. ५),धनप्रसाद गुरुङ -वडा नं. ६), रविचन्द्र घिमिरे-वडा नं. ७) समसुद्दिन मिया-वडा नं.८) र तुलसीदेवी सोती -वडा नं. ९) छन् । वडा संयोजकहरु गाउँ कार्यसमितिको सदस्य हुने प्रावधान छ । त्यस्तै गाउँ कार्यसमितिका अन्य सदस्यमा मिनु वि.क, नेत्रबहादुर के.सी, रामचन्द्र घिमिरे "शास्त्री" छन् ।
त्यसैगरी क्षेत्रीय प्रतिनिधिमा मनबहादुर गुरुङ, विष्णुहरि घिमिरे, सुशिला घिमिरे र आनन्द घिमिरे छन् ।
गाउँ जागरण अभियानकै क्रममा गाउँस्तरमा विभिन्न भातृसंगठनको कार्यसमिति गठन गरिएको छ । जस अनुसार कमप्रसाद गुरुङको अध्यक्षतामा नेपाल तरुण दल, विष्णुप्रभा सोती अध्यक्ष रहेको नेपाल महिला संघ, शालीग्राम घिमिरेको अध्यक्षतामा नेपाल किसान संघ, मनबहादुर गुरुङको अध्यक्षतामा आदिवासी जनजाति संघको गाउँ कार्यसमिति गठन गरिएको छ ।
गाउँ जागरण अभियानमा जिल्ला कार्यसमितिका सदस्य आनन्द घिमिरे विशेष प्रतिनिधिका रुपमा खटिएका थिए । निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद कोइराला, दलित संघका केन्द्रीय सदस्य गोपाल खाती, भू.पू.सैनिक संघका केन्द्रीय प्रतिनिधि नारायण सुयल, नेपाल तरुण दलका सभापति रमेश पाण्डे, नेविसंघका अध्यक्ष शैलेन्द्र घिमिरेलगायतका नेताहरु अभियानमा सहभागी थिए ।
No comments:
Post a Comment