scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, January 22, 2009

प्रशासनले जेलर नेत्रप्रसाद अधिकारीलाई कारबाही गर्ने


बेसीशहर, माघ ८
लमजुङ कारागारमा रहेका एक बन्दीको मृत्यूमा भएको विषयमा त्यहाँका जेलरलाई कारबाही गर्ने भएको छ । उपचारमा ढिलाई भई कैदीको मृत्युभएको विषयमा प्रशासनले जेलर नेत्रप्रसाद अधिकारीलाई कारबाही गर्ने भएको हो ।
लमजुङको बेसीशहर गाउँ बिकास समिति वार्ड नं ६ घर भइ कर्तव्य ज्यान मुद्धामा बन्दी जीवन विताइरहेका खड्ग बहादुर अधिकारीको विहिबार मृत्यू भएको थियो । कारागारमा एक्कासी बेहोस भएपछि अधिकारीलाई उपचारको लागि सामुदायिक अस्पाताल ल्याइएपनि त्यहाँ उपचार हुन नसकेपछि पोखरा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।
मृतकका आफन्तले जेलर नेत्र प्रसाद अधिकारीले एक दिन अगावै बिरामी हँुदा समेत समयमै उपचार गर्न नलगेको आरोप लगाएका छन् । उपचारमा ढिलाइ गरेका कारण अधिकारीको मृत्यु भएको भन्दै मृतकका आफन्त र बेसीशहरका स्थानीयबासीले शुक्रबार दिनभर बिरोध पर््रदशन गरेका थिए । प्रशासनले जेलरलाई अनुसन्धान गरी कारबाही गर्ने सहमति जनाएपछि विरोधको कार्यक्रम स्थगित गरी परिवारले मृतकको शव बुझेका थिए । जेलरको लापरबाहीको विषयमा अनुसन्धान गर्न निमित्त प्रमुख जिल्ला अधिकारी मोहन अर्याल, प्रहरी र मृतकको श्रीमति र्सर्ुयकला अधिकारी समेतको समिति बनाउने सहमति भएको छ ।

No comments:

Post a Comment