scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, January 22, 2009

अनेरास्ववियूको सचिवमा तामाङ


बेसीशहर-माघ ८
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
माघ ३ गतेबाट शुरु भएको प्रशिक्षण ३ दिनसम्म चलेको थियो । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय सचिव किशोर विक्रम मल्ल, प्रशिक्षकण विभागका प्रमुख शिवजी गुरुङ, एवं शैक्षिक विभागका प्रमुख रमेश आचार्य, नेकपा एमाले लमजुङका कार्यालय सचिव धनञ्जय दवाडी, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य टुका हमाल, अनेरास्ववियू लमजुङका निवर्तमान अध्यक्ष हिरालाल विश्वकर्मा लगायतले प्रशिक्षण दिएका थिए । यसैबीच अनेरास्ववियूको जिल्ला कमिटीको वैठकले सचिवालय सदस्य जुनबहादुर तामाङलाई सचिव र सम्झना घिमिरेलाई सचिवालय सदस्यमा चयन गरेको छ ।

No comments:

Post a Comment