बेसीशहर-माघ ९
लमजुङ सदरमुकाम वेसीशहरदेखि मनाङको सदरमुकाम चामे जोड्ने एकमात्र निर्माणाधिन वेसीशहर-चामे सडकको निर्माणकार्य १४्र दिनदेखि अबरुद्ध छ ।
गाउँ नै विस्थापित हुने खतरा रहेकोले गाउँमाथिवाट सडक निर्माण गर्नुपर्ने माग राख्दै लमजुङको ताघ्रिङ गाउँ विकास समिति वडा नं. १ च्याम्चेका वासिन्दा आन्दोलनमा उत्रिएपछि सडक निर्माणकार्य गत पुस २४ गतेदेखि अवरुद्ध भएको हो ।
च्याम्चेका वासिन्दाले आफ्ना मागका वारेमा संवन्धित निकायमा जानकारी गराउँदापनि सुनुवाई नभएको गुनसो गरेकाछन् । सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाको वेसीशहर-चामे सडक निर्माण कार्यदल गणले भने पुरानो र्सर्भे कुनैपनि हालतमा फेरबदल गर्न नमिल्ने अडान लिँदै आएको छ । आफ्ना मागका वारेमा संवोधन गर्न आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय र वेसीशहर-चामे सडक निर्माण कार्यगणमा यसअघि ज्ञापनपत्र समेत बुझाएका छन् ।
यसअघि सडकलाई आफ्नो गाउँ हुँदै निर्माण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका मनाङका तालवासिन्दाले आन्दोलनका फिर्ता लिएपछि पछिल्लोपटक पुसको पहिलो हप्तावाट सडक निर्माण थालिएको थियो ।
२०५१ सालमा राष्ट्रिय योजना आयोगले र्सर्भे गरेको मापदण्डलाई ध्यानमा नराखि ३० मीटर तलबाट सडक निर्माण गरिएको आरोप च्याम्चेका स्थानीयवासिन्दाले लगाएकाछन् । स्थानीयवासिन्दाको मागलाई अटेरगरि गाउँको तलवाट सडक निर्माण भईरहेमा कुनैपनि वेला पहिरोले धनजनमा क्षति पुर्याएमा त्यसको जिम्मा सडक निर्माण कार्य गणले लिनुपर्ने आन्दोलनका अगुवा गमबहादुर तामाङले बताए । आन्दोलनकारीका अनुसार निर्माणाधीन सडकलाई अगाडि वढाएमा २६ घर विस्थापित हुने र भत्कने, गाउँको आडमा ठूलो पहिरो जाने र गाउँ नै ध्वस्त हुने, खानेपानी ट्याङ्कीको ठूलो ढुङ्गा जाने, गाउँको बीचमा रहेको पहरा फोर्नुपर्ने, खेतवारीमा वा पहरामा लुप हान्न पर्ने, वाटो अस्थायी र घुमाउरो वाटो हुने छ ।
मर्स्याङ्दी नदीको तिरमा रहेका कारण गाउँवाट माथि हुँदै सडक निर्माण गरिएमा नदीले नचाप्नेदेखि लिएर उल्लेखित सवै समस्यावाट छुटकारा मिल्ने स्थानीय वासिन्दाको दावी छ ।
No comments:
Post a Comment