
बेसीशहर पुस २९
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य डा. मिनेन्द्रप्रसाद रिजालले नेकपा माओवादी नेतृत्वको सरकारको रबैयाका कारण संविधान लेखन प्रक्रियामा जटिलता थपिएको बताएका छन् ।
नेपाल पे्रेस युनियन लमजुङद्वारा शुक्रबार बेसीशहरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. रिजालले माओवादीले संविधान बनाउन नचाहेको ठोकुवा गरेे । माओवादीले संविधान लेखन प्रक्रियालाई ओझेलमा पारेर एकदलीय तानाशाही शासन स्थापना गर्न खोजको आरोप डा. रिजालले लगाए । कसैलाई धम्क्याएर, कुटपिटि गरेर वा घाँटी रेटेर जनगणतन्त्र स्थापना नहुने समेत उनले बताए ।
१२ बुँदे समझदारीदेखि अहिलेसम्मको सहमति र सहकार्यलाई माओवादीले विर्सर्ेेकांग्रेसमाथि दोष थुपारेको भन्दै रिजालले कम्युनिष्ट तानाशाही शासन नेपालमा स्थापना गरेर देखाउन माओवादीलाई चुनौति समेत दिए ।
सम्बाददाताहरुले सोधेको एक प्रश्नमा नेता रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टर्ीी एक थरि निर्ण्र्ाागर्ने र बाहिर अर्कै कुरा गरेर जनता झुक्याएको आरोप लगाए । माओवादीले कब्जा गरिएका जनताका सम्पत्ति अझै फिर्ता गर्नेमा शंका ब्यक्त गर्दै रिजालले प्रधानमन्त्री प्रचण्डलाई सहामतिकोर् इमान्दारीकासाथ पालन गर्न आग्रह गरे ।
माओवादीको र्सवसत्तावाद रोक्न नेपाली काँग्रेस प्रतिपक्षमा वसेको स्पष्ट पार्दै रिजालले भने-"संसदमा हामी विपक्षीको काम गर्र्छौ तर संविधान लेखनमा हामी विपक्षमा हुदैनौ ,"
नेता रिजालले सहमति र सम्झौता अनुसार सरकारको कामकार्वाहीको वारे संसदीय अनुगमन समिति निर्माण गर्न समेत माग गरे । सरकारमा वसेर जनताकार् इच्छा आकांक्षा पनि पुरा नगर्ने अनि व्रि्रोही भन्दै हिँड्ने प्रधानमन्त्रीको नियतमा शंका उत्पन्न भएको नेता रिजालको भनाई थियो । सरकार चलाउनका लागि माओवादी असक्षम भएको टिप्पणी गर्दै उनले माओवादीले "नाच्न नजान्ने आँगन टेढो" भन्ने उखान चरितार्थ गरेको बताए । रिजालले भने-"सरकारमा वस्ने, सरकार चलाउने तर ब्यबहार व्रि्रोहीको गर्न पाइँदैन ।"
कार्यक्रम नेपाल प्रेस युनियन लमजुङका अध्यक्ष कृष्ण भगवान श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
No comments:
Post a Comment