बेसीशहर पुस २९
सञ्चार माध्यमको चर्को विरोध पछि बाल अधिकारसम्बन्धी कानुन विपरित कारागारमा थुनामा रहेका एक बालकको उद्दार हुने भएको छ ।
हत्याको आरोपमा लमजुङ कारागारमा थुनामा रहेका लमजुङको घनपोखरा गाउँ विकास समिति वडा नं. ५ निवासी १२ बषिर्य आइतबहादुर विश्वकर्मालाई सञ्चार माध्यमको खबरदारीका कारण थुनामुक्त गरी बाल सुधार गृहमा लगिने भएको छ । बाल अधिकारसम्बन्धी कानुनको खिल्ली उडाउँदै नाबालकलाई अन्य बन्दी सरह कारागारमा राखिएको विषयमा लमजुङ आवाज साप्ताहिकले अघिल्लो अंकमा मुख्य प्राथामिकताका साथ समाचार छापेको थियो । लमजुङ आवाजसहित अन्य सञ्चार माध्यमले समेत खबरदारी गरेपछि राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्रीय कार्यालय पोखराले जिल्ला न्यायाधिश, प्रमुख जिल्ला अधिकारी, सरकारी वकील तथा पत्रकार तथा सरोकारवालाहरुसंग छलफल गरेको थियो । आयोगको एक टोलीले कारागार शाखा लमजुङमा गई स्थलगत अवलोकन समेत गरेको थियो । विभिन्न संघ संस्थाको पहलमा आइतबहादुरलाई पुनरावेदन अदालत पोखराले बाल सुधार गृहमा पठाउन आदेश दिएको राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख अच्युत आचार्यले बताए ।
बालक विश्वकर्मामाथि लमजुङको सिम्पानी निवासर्ीर् इश्वर भण्डारीको हत्यामा संलग्न रहेको अभियोग लागेको छ । सोही मुद्दामा उनलाई जिल्ला अदालतले मंसिर ८ गते पर्ुपक्षको लागि कारागार पठाएको थियो ।
नावालकलाई कारागारमा पठाइएको १ महिना वित्दा पनि बाल अधिकारको क्षेत्रमा काम गर्ने कुनै एक संस्थाले पनि आइतबहादुरको बारेमा केही नबोल्नुले ती संस्थाको औचित्यमा प्रश्न खडा भएको छ ।
No comments:
Post a Comment