बेसीशहर-माघ ९
मरमसला तथा अन्य बस्तु कुटानी पिसानी गर्ने ढुँगाको सिलौटो तथा लोहोरो बनाउने पेशा यतिबेला संकटमा परेको छ ।
लमजुङको सदरमुकाम बेसीसहरमा सिलौटो तथा लोहोरो बनाउँदै आएका पेशाकर्मीहरु आफ्नो पेशा संकटमा परेको बताएका छन् । बगरको ढुंगालाई मसिनो छिनोले खोपेर सिलौटो तथा लोहोरो बनाउने गरिन्छ । वेसीशहरका ४८ वषिर्य शमसेर बहादुर बस्यालले सिलौटो तथा लोहोरो बनाएर बेच्न थालेको तीन दशक पुग्न लागिसक्यो । तर, अचेल यही पेशा संकटमा पर्नथालेपछि उनलाई दैनिक गुजारा चलाउन पनि धौ-धौ पर्न थालेकोछ ।
बस्यालले मर्स्याङ्दीको बगरवाट ढुंगा उठाएर सिलौटो तथा लोहोरो बनाउन थालेको २८ वर्षवितिसकेको छ । वगरको ढुंगालाई मसला पिँध्ने सिलौटो वनाउन उनी निकै सिपालु छन् । तर यी सामग्रीले बजार नपाएपछि उनलाई सिलौटो वनाउने पेशा निल्नु न ओकल्नु जस्तै भएको छ । "सिलौटो बनाएरै बुढो भइयो अब अर्को पेशा पनि के गर्ने र -" बस्याल भन्छन् ।" यो पेशाले त परिवार धन्नै मुस्किल हुन थालेको छ ।"
सिलौटो र लोहोरो वनाउन आबस्यक ढुंगा बगरबाट ल्याउन पनि मुस्कील छ । बेसीसहर नगर विकास समितिको अनुमति विना ढुंगा उठाउन पाइँदैन । मुख्य समस्या त शहरीया जनजीवनमा सिलौटोमा मसला पिँध्ने प्रचलन हराउँदै जानु हो । तयारी मसलाका धुलो बजारमा आउनु र मसला पिँध्नका लागि प्रसस्तै मात्रामा औजारहरु बजारमा पाइन थालेपछिपनि सिलौटो र लोहोरो व्यवसाय संकटग्रस्त भएको बस्यालको भनाई छ ।
बस्यालको वेसीशहरमा सानो घरघडेरी जोड्ने बर्षौ पुरानो चाहना अझै पूरा हुन सकेको छैन् । झिङ्गेखोलाको र्सार्वजनिक जग्गामा वस्दै आएका उनको परिवारको एक टुक्रा पनि जग्गाजमिन छैन । उनीहरुको काम नै ढुंगा खोज्नु र सिलौटो वनाउनु हो । त्यसका लागि दिनहुँ उनको परिवारै खट्ने गरेका छन् ।
"आज भोलि दैनिक १/२ वटा सिलौटा मात्र विक्री
हुन्छन् । २० देखि डेढ सय रुपैयाँ प्रतिगोटा विक्ने सिलौटावाट परिवारलाई मुस्किलसंग दर्ुइ छाक खान टारेको छ ।" बस्यालका छोरा मनलाल वस्याल भन्छन्,- "मसला र अचार पिँध्ने ढुंगाको सिलौटो र लोहोरो दशबर्षअघिको विक्री तुलनामा घटेर दश भागको एक भागमा झरेको छ ।"
शहरिया जीवनमा खासै प्रयोगमा देख्न नपाइने सिलौटोलाई पछिल्लो पुस्ताले झण्झटिलो ठान्न गरेका छन् । जसले गर्दा नेपाली मौलिक र जनजीवनले स्वीकारेको घरेलु औजार सिलौटो र लोहोरोको प्रचलन हराउनुका साथै पेशा पनि संकटमा पर्न थालेको छ ।

No comments:
Post a Comment