बेसीशहर-माघ ९ गते
देशमा बढिरहेको लोडसेडिङले एक पटक सवै क्षेत्रमा हलचल ल्याएको छ । सरकार उर्जा सङ्कट घोषणा गर्न बाध्य भएको छ । जलस्रोेतमा दोस्रो धनी देशको रुपमा चिनिएको देशमा बढेको उर्जा संकटले जलश्रोतमा सरोकार राख्नेहरुलाई पनि झस्काएको छ । यसै सर्न्दर्भर्लाई मध्यनजर राखेर लमजुङ सदरमुकाम वेसीशहरमा माघ महिनाको अन्तिम साताबाट शुरु हुने दोश्रो लमजुङ महोत्सव २०६५ को आकर्षाको रुपमा जलश्रोत र ग्रामिण पर्यटनको सरकोरलाई प्राथमिकता दिइएको छ ।
महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको हो । यही माघ २४ देखि फागुन ४ गतेसम्म आयोजना गरिने महोत्सव ब्यापार ब्यावसाय र मनोरञ्जनमा मात्रै सिमित रहने छैन । जलस्रोतको अपार सम्भावना रहेको लमजुङबाट उत्पादन हुन सक्ने विद्युत र पर्यटनका बारे बृहत कार्यशाला गोष्ठी सञ्चालन गरिने आयोजकले जानकारी दिएका छन् । गोष्ठीमा जलश्रोत र पर्यटन विज्ञहरु, सम्बन्धित मन्त्रालयका प्रतिनिधि, विद्युत र पर्यटनमा काम गरिरहेका संघ संस्थाहरुको उपस्थिति रहने बताईको छ । गोष्ठीले लमजुङमा विद्युतको पहिचान, स्थानीय लगानीको प्रोत्साहन गर्दै परियोजना निर्माणमा सम्बन्धित पक्षलाई झक्झकाउने बताइएको छ । लमजुङमा मर्स्याङ्दी, खुदी, ङादी, मादी, मिदीम, चेपे लगायतका नदीहरुबाट तत्काल अन्दाजी १२ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने बताइन्छ ।
यसै गरी महोत्सवको अवासरमा आयोजना हुने कार्याशालाले पर्यटनलाई समेत विशेष प्राथामिकता दिनेछ । पर्यटनको अथाह सम्भावना रहेको लमजुङमा र्सार्कराष्ट्रमै नमूनाको रुपमा स्थापित भएको नमुना घलेगाउँका साथै खासुर, पसगाउँ, सिउरुङ, भुजुङ, राइनासकोट लगायतका गाउँहरु ग्रामिण पर्यटनमा अग्रसर छन् । यिनीहरुको प्रचार प्रसारका लागि पनि लमजुङ महोत्सब कोशे ढुंगा हुने आयोजकको दावी छ ।
"उद्योग, ब्यापार, पर्यटन र कृषिको पर््रवर्द्धन, लमजुङको कला, सीप र सांस्कृतिक संरक्षण" भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवमा थप आकर्षाको रुपमा लोक दोहोरी गीत प्रतियोगिता, खाना महोत्सव, विभिन्न जातजातिका संस्कृति पर््रदर्शनी, परम्परागत हस्तकला, ब्यापारिक पर््रदर्शनी, बाल उद्यान, फोटो तथा बृत्तचित्र पर््रदर्शनी,
कृषि मेला पर््रदर्शनी, जडिबुटी पर््रदर्शनी,पुष्प पर््रदर्शनी, सरकारी तथा गैरसरकारी कार्यालयका गतिविधि पर््रदर्शनी, पश्चिमाञ्चलस्तरीय गजल प्रतियोगिता राष्ट्रिय ख्यात्रि्राप्त कलाकारहरुको प्रस्तुति रहने छ ।
अहिले महोत्सवको तयारी तीब्र रुपमा अघि बढिरहेको छ । महोत्सवमा मध्यमर्स्याङदी जलविद्युत परियोजनाको ठेकेदार कम्पनी डिडिसी जे.भी.-सी) मुख्य प्रायोजक भएको छ ।
महोत्सवको प्रचार प्रसारका लागि ठाउँ ठाउँमा माइकिङ र तुल ब्यानर टांग्न लगाइएको छ । अहिले जिल्लाबाट छुट्ने र जिल्लाभित्र चल्ने प्रत्येक सवारीमा महोत्सवको तुल झुण्ड्याउन थालिएको छ । महोत्सव सचिवालय लमजुङ उद्योग बाणिज्य संघको कार्यालयमा महोत्सव सफल पार्नका लागि दैनिक विभन्नि वैठक हुने गरेका छन् ।
महोत्सवलाई सफल पार्न गठिन विभिन्न ३३ वटा उपसमितिले आ-आप\mना काम दु्रत गतिले अगाडि
बढाइरहेका छन् ।
लमजुङ महोत्सवमा एकलाख भन्दा बढी दर्शक एवं पर्यटक भित्र्याउने उद्धेश्य राखिएको छ । महोत्सवमा एकसय २० वटा स्टल राखिने तयारी भईरहेको महोत्सब मुल आयोजक समितिका अध्यक्ष प्रमोद कुमार श्रेष्ठले वताए ।
No comments:
Post a Comment