बेसीशहर प’स २२
कानुन के का लागि बन्छ - पालना गर्न र गराउनका लागि होइन - तर कानुनको रक्षा गर्ने निकायले नै कानुन पालना नगरेपछि कसको के लाग्छ - तर लमजुङमा यस्तै भएको छ ।
विश्वास नलागे कारागार शाखा लमजुङमा जानुहोस् जहाँ कानुन केवल हात्तीको देखाउने दाँत भएको प्रष्ट देख्न सकिन्छ । जहाँ बाल अधिकारसम्बन्धी राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय कानुनलाई मिचेर १२ बषर्ीय एक नाबालकलाई जेलको अध्यारो कुनामा थुनिएको छ ।
लमजुङको घनपोखरा गाउँ विकास समिति वडा नं. ५ का १२ बषिर्य आइत बहादुर विश्वकर्मालाई कर्तब्य ज्यान मुद्दा अर्न्तर्गत लमजुङ जिल्ला अदालतले कारागार पठाएको हो । गएको दशैंको नवमीका दिन राती लमजुङकै सिम्पानी गाउँ विकास समितिमा भएकोर् इश्वर भण्डारीको हत्यामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका थिए । गत मंसिर ८ गते लमजुङ जिल्ला अदालतको आदेश अनुसार उनी पर्ुपक्षको लागि कारागार चलान भएका हुन् । उनीसंगै अन्य अभियुक्त पनि कारागार चलान भएका छन् भने केही तारेखमा छुटेका छन् ।
घनपोखराको त्रिभुवन माध्यामिक विद्यालयमा ३ कक्षामा पढ्दै गरेका विश्वकर्मा आफू निर्दोष हुँदा हुँदै पनि हत्या जस्तो गम्भीर अपराधमा कारागारमा ल्याइएको भन्दै दुःख प्रकट गर्छन् । उनका अनुसार गएको दर्शैको नवमीका दिन उनी अन्य साथीसंग सांस्कृतिक कार्यक्रम हर्ेन सिम्पानी गाउँ गएका थिए । कार्यक्रम चल्दै गर्दा झडप भए पछि आफू भागेको उनी बताउँछन् । तर हत्यामा संलग्न भएको आरोपमा उनी पछि पक्राउ परे र हाल कारागारमा बन्दी जीवन विताउँदै छन् ।
यस सम्बन्धमा बुझन जिल्ला अदालतमा शुक्रबार सर्म्पर्क गर्दा जिल्ला न्यायाधीश जिल्ला बाहिर जानुभएको भन्दै अन्य कर्मचारीले केही बोल्न चाहेनन् । त्यस्तै जिल्ला सरकारी वकिल कार्यालयमा सर्म्पर्क गर्दा जिल्ला न्यायाधिवक्तासंग भेट हुन सकेन । जिल्ला प्रशासन कार्यालयले समेत यस विषयमा केही बोल्न चाहेन ।
जिल्ला बाल कल्याण समितिका बाल संरक्षण अधिकृत नवीनचन्द्र घिमिरे कुनै पनि अभियोगमा नावालकलाई अन्य बन्दी सरह कारागारमा राख्नु गैरकानुनी हो भन्छन् । बालबालिका सम्बन्धी ऐन अनुसार अपराध नै गरे पनि त्यसरी नाबालकलाई अन्य बन्दी सरह राख्नै नमिल्ने उनले भने।बाल बालिका सम्बन्धी ऐन २०४८ को दफा ५० मा कुनै पनि नाबालकमाथि कुनै कसुरको अभियोग लागेमा निजको बाबु आमा, संरक्षक, नातेदार वा बालबालिका हक हितको क्षेत्रमा काम गर्ने कुनै सामाजिक संस्था वा बाल सुधार गृहमा जिम्मा दिनुपर्ने उल्लेख छ । त्यस्तै दफा १५ मा कुनै पनि ब ालकलाई नेल, हतकडी लगाउन, एकान्त, काराबासमा राख्न वा कुनै अपराध गरेर कैदको सदाय पाएमा उमेर पुगेका बन्दीको साथ राख्न हुन्न भनिएको छ ।
त्यस्तै सोही ऐनको दफा ११ मा कानुन बमोजिम अपराध ठहरिने काम गर्ने ब्यक्ति सो काम गर्दा १० बर्षवा सो भन्दा माथि र १४ बर्षमुनी रहेछ भने निजलाई कानुन बमोजिम जरिवाना हुने कुनै अपराध गरेकोमा हप्काइ, सम्झाइ बुझाइ र कैद हुने अपराध गरेकोमा कसुर हेरी ६ महिनासम्म कैद हुने ब्यवस्था छ ।
आइतमानलाई एस एल सी सम्म पढ्ने खुब धोको छ । तर कारागारभित्र उनले पढन पाइरहेका छैनन् । कारागारका अन्य बन्दी जस्तै उनी अहिले घाम ताप्ने अरुका कुरा सुन्ने र यता उता गर्ने गरेर दिन विताउँदैछन् ।

No comments:
Post a Comment