scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Wednesday, January 14, 2009

निशुल्क स्त्री रोग शिविर


बेसीशहर पुस २९
धुसेनी गाउँ विकास समिति कोइराला फाँटमा आयोजित निशुल्क स्त्री रोग शिविर आइतबार सम्पन्न भयो ।
शिविरमा ११० जना महिलाले निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन् । शिविरमा २ जना महिलाको पाठेघरको क्यान्सर पाइएकोले जटिल शल्यक्रियाका निम्ति काठमाडौको थापाथलीस्थित प्रसुति गृहमा पठाइएको छ ।
स्त्री रोग सम्वन्धी समस्या भएका अधिकांस महिला मध्ये १० जना महिलाको पाठेघरमा रिङ राख्नु परेको थियो । शिविरमा १५ वर्षा किशोरी देखि ९० वषिर्य वृद्धालेसमेत जाँच गराएका थिए ।
यसैबीच धुसेनी गाविसकै सिद्धीसदन प्राथामिक विद्यालयको स्वर्ण्र्ााहोत्सवका अवसरमा विद्यालयमा निमावि सञ्चालनार्थ आयोजित श्रीमद्भागवत सप्ताहमा १५ लाख रुपैया संकलन भएको छ ।

No comments:

Post a Comment