scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 24, 2009

करीब ६ लाख दिने सहमति पश्चात बाटो खुल्यो


बेसीशहर- मृतकको परिबारलाई करिब ६ लाख रुपैया क्षतिपर्ूर्ती र श्रीमतीलाई रोजगारी दिने सहमती पछि सोमबार बिहानबाट अबरुद्ध बेसीशहर-डुम्रे सडक खण्डमा यातायात शुचारु भएको छ ।
लमजुङ विद्युत उपभोक्ता संस्थाका प्राविधिक भोजकुमार श्रेष्ठको विजुलीको पोलवाट खसेर आइतबार मृत्यु भएपछि विरोध स्वरुप आफन्त र स्थानीयवासिन्दाले उक्त सडक खण्डको तनहुँको तुरतुरे र वाईसजाँगर लगायतका ठाउँमा यातायात अवरोध गरेका थिए ।
मृतकका परिबार,बिद्युत उपभोक्ता संस्थाका प्रतिनिधी,राजनैतिक दल र प्रशासन बिच भएको छलफलले मृतकको परिबारलाई ५ लाख ८० हजार र श्रीमतीलाई रोजगारी दिने सहमती पछि सोमबार बेलुकाबाट यातायात सुुचारु भएको हो । सहमति अनुसार श्रीमती शुशिला श्रेष्ठलाई ५ लाख, आमा कमला श्रेष्ठलाई ५० हजार, किरिया खर्च वापत ३० हजार र सोही संस्थामा श्रीमतीलाई योग्यता अनुसारको रोजगारी दिने सहमती भएको छलफलमा सहभागी नेकपा माओबादी लमजुङका इन्चार्ज देबेन्द्र पराजुलीले बताए । सहमती पछि मृतक श्रेष्ठको शवलाई पोष्टमार्टमको लागि तनहुँको दमौली लगिएको प्रहरीले बताएको छ ।
पर्ूर्वी लमजुङको धमिलिकुवा गाउँ विकास समिति वडा नं. २, गरमवेसी घर भएका मृतक श्रेष्ठका आफन्त र स्थानीयबासीले यस अघि १५ लाख रुपैया क्षतिपर्ूर्ति दिनुपर्ने माग राख्दै आइतबार बेलुकाबाट यातायात बन्द गरेका थिए ।
आन्दोलनकारीले आफ्ना माग पुरा गराउन लमजुङ बिद्युत उपभोक्त संस्थाका अध्यक्ष इन्द्रराज चिलुवाल,कोषाध्यक्ष गंगालाल श्रेष्ठ, सदस्य श्रीकान्त घिमिरे र ओभरसियर हरिश्चन्द्र आचार्यलाई केहि समय सडकमा बाधेर राखेका थिए ।
उक्त सडक खण्डमा सोमबार दिनभर यातायात संचालन नहुँदा शिवरात्रीको मेला भर्न हिंडेका सयौँ तर्ीथालु भक्तजनहरु अप्ठेेरोमा परेका थिए ।

No comments:

Post a Comment