scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 24, 2009

देशभर महाशिवरात्री पर्व मनाइयो


बेसीशहर- महाशिवरात्रि पर्व कैलाशपति देवादीदेव महादेवे पूजा, आराधना गरी हिजो देशभर मनाइयो ।
हिन्दु धर्मावलम्बीहरुले हिजो बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपर्ूवक महादेवको पूजा आराधना गरे ।
फागुन कृष्ण चतर्ुदशीका दिन मनाइने यस पर्वलाई सम्पर्ूण्ा दीनदुःखी र कष्टपर्ूण्ा अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जर्ीण्ा भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व -जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको विश्वास गरिन्छ । व्रतोत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्-अर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
राष्ट्रिय साँस्कृतिक पर्वका रूपमा रहेको शिवरात्रीको अवसरमा लमजुङ सदरमरकाम बेसीशहरको कर्पुरेश्वर महादेव मन्दिर, करापुटारकोर् इशानेश्वर महादेव मन्दिरलगायत पाउँदी, खुदीलगायत शिव मन्दिरहरुमा भक्तजनहरुको ठूला घुइँचो लागेको थियो । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज जिल्लाका विभिन्न भागमा श्रद्धालुहरको घुइँचो लागेको थियो ।
करापुटारकोर् इशानेश्वर महादेव मन्दिरमा यस बर्षपनि ठाडो बत्ती बाल्नेको ओइरो लागेको थियो । उक्त मन्दिरमा यस बर्षबत्ती बाल्नेहरुको संख्या १० हजारको हाराहारीमा रहेको मेलामा गएका पत्रकार परमेश्वर अधिकारीले बताए । त्यस्तै बेसीशहरस्थित कर्पुरेश्वर महादेव मन्दिरमा पनि श्रद्धालु भक्तजनहरुको घुइँचो विगत बर्षरु भन्दा निकै बढेको थियो ।

No comments:

Post a Comment