scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 24, 2009

इलमपोखरी महोत्सव फागुन २० बाट


बेसीशहर- इलमपोखरी क्षेत्रको कला संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले दोस्रो इलमपोखरी महोत्सव २०६५ आगामी फागुन २० गतेदेखि शुरु हुने भएको छ ।
प्राकृतिक स्रोत र साधनहरुको अधिकतम उपयोग गरी आन्तरिक तथा बाहृय पर्यटन पर््रवर्द्धन गरौं, ऐतिहासिक स्थल, स्थानीय कला संस्कृतिको संरक्षण र सर्म्बर्द्धन गरौं भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव ५ दिनसम्म चल्ने छ ।
इलमपोखरी संरक्षण क्षेत्र तथा वकास मञ्चको विशेष पहल तथा जिविस लमजुङ र आसपासका गाविसहरु-दूधपोखरी, विचौर, पाचोक, इलमपोखरी, कोल्की, प्यारजुङ, गौंडा, नौथर र ढोडेनी)को सहयोगमा महोत्सव आयोजना हुन लागेको हो ।
प्रकृतिक रुपले मनमोहक इलमपोखरी गाउँ गुरुङ तथा तामाङ जातिको आदि थलोको रुपमा चिनिन्छ । यहाँका जातिय रितीरिवाज, रहनसहन, भाषा, धर्म, संस्कृतिलाई संरक्षण, सर्म्बर्द्धन र प्रचारप्रसार गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
महोत्सवमा आदिवासी जनजातिको प्राचीन वस्तीको भ्रमण/अवलोकन, विभिन्न ताल तलैया, मन्दिर तथा ऐतिहासिक कोटहरुको अवलोकन, विभिन्न हिमश्रृंखला, जंगली जनावर, घाँसे मैदानका अवलोकन, स्थानीय भेषभूषा र संस्कृतिमा आधारित झाँकीहरुको पर््रदर्शन, परम्परागत खाना पर््रदर्शनी, दोहोरी गीत तथा नृत्यु प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुति, जडिबुटी पर््रदर्शनी, कृषि पर््रदर्शनी महोत्सवका आकर्षा रहने बताइएको छ ।
महोत्सव पर्यटन तथा नागरिक उड्ययन मन्त्री हिसिला यमीले उद्घाटन गर्ने कार्यक्रम छ ।

No comments:

Post a Comment