scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 24, 2009

अधिकारीलाई उत्कृष्ट मानवअधिकारकर्मी पुरस्कार

बेसीशहर- अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक)का लमजुङ प्रतिनिधि कृष्णप्रसाद अधिकारी पश्चिमाञ्चलको "उत्कृष्ट मानवअधिकारकर्मी २००८" बाट पुरस्कृत भएका छन् ।
इन्सेकले ५९ औं प्रजातन्त्र दिवसको अबसरमा आयोजना गरेको २००८ को वर्षपुस्तक लोकर्पणको अबसरमा अधिकारीलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । राष्ट्रिय मानब अधिकार आयोगका अध्यक्ष केदरनाथ उपाध्यायले अधिकारीलाई सम्मानपत्र र पुरस्कार वितरण गरेका थिए ।
अधिकारी विगत ९ वर्षदेखि जिल्लामा रहेर मानवअधिकारको क्षेत्रमा रहेर काम गर्दै आएका छन् । उनले द्धन्द्धकालमा मानवअधिकार रक्षाका क्षेत्रमा निभाएको भुमिका जिल्लामा अझै चर्चाको विषय बन्ने गरेको छ ।
अधिकारी नेपाल पत्रकार महासंघको केन्द्रीय सभासद पनि हुन् । उनी लमजुङबाट प्रकाशित हुने नौलो सुनगाभा द्वैमासिकका सम्पादक समेत हुन् ।
अधिकारी सहित अन्य विकास क्षेत्रका ४ प्रतिनिधि पनि सम्मानित भएका छन् ।

No comments:

Post a Comment