scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, February 24, 2009

भाचोक महोत्सवमा ८ लाख चन्दा


बेसीशहर-"ग्रामीण पर्यटन पर््रवर्द्धन, भाचोकको कला, प्रकृति र सस्कृतिको संरक्षण" भन्ने नाराका साथ बाँझाखेत गाविसको भाचोक गाउँमा सञ्चालित प्रथम भाचोक महोत्सव सम्पन्न भएको छ ।
महोत्सवको माध्यमले गाउँको प्रचार प्रसार गरी आन्तरिक पर्यटक भित्राउने, गाउँबाट बाहिर रहेका भाचोक गाउँबासीलाई गाउँमा फर्काएर गाउँको सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।
दर्ुइ दिनसम्म चलेको महोत्सवमा विदेश तथा गाउँबाहिर रहेका गाउँलेहरुले गाउँको विकासको लागि आठ लाख रुपैया भन्दा वढी रकम चन्दा दिएका छन् । भाचोक घर भई हाल संयुक्त राज्य अमेरीकामा वस्दै आएका कर्पुर राज गुरुङले एक लाख १० हजार चन्दा दिएका छन् । त्यस्तै हङकङमा वस्दै आएका छविलाल गुरुङ, यम वहादुर गुरुङ, हरि प्रसाद गुरुङ, र र्सर्ूय गुरुङले संयुक्त रुपमा ४ लाख १६ हजार ५ सय ६४ रुपैया महोत्सवमा चन्दा दान गरेका थिए । त्यस्तै भाचोक घर भई हाल वेसिशहरमा वस्दै आएका नेत्र वहादुर गुरुङले ३० हजार ५ सय एक, टस बहादुर गुरुङले २० हजार , संजय गुरुङले १० हजार चन्दा प्रदान आयोजक समितिले जनाएको छ ।
महोत्सवमा उठेको रकमबाट गाउँमा विद्युतीकरण गर्ने, पर्यटन पर््रवर्द्धन गर्ने,स्थानीय कला, संस्कृतिको संरक्षण र पर््रवर्द्धन गर्ने महोत्सव मूल समारोह समितिका संयोजक तर्ीथ बहादुर गुरुङले बताए ।

No comments:

Post a Comment