बेसीशहर- अव बन्ने नयाँ बन्ने संविधानमा नागरिकको आम सम्ास्या नसमिटेमा आशंका पैदा भएको वुद्धिजीवि तथा र्सवसाभरणहरले चिन्ता व्यक्त गरेका छन् ।
लोकतान्त्रिक गैरसरकारी महासंघ लमजुङको आयोजनामा आइतबार बेसीशहरमा आयोजित महासंघको बाषिर्क मुखपत्र "विकास दर्पण" पुस्तक विमोचन कार्यक्रम एवं "संविधान निमार्ण्र्ाा नागरिक समाजको भूमिका" विषयक अन्तरक्रिया कार्यक्रममा आइतबार वेसिशहरमा वक्ताहरुले यस्तोे चिन्ता व्यक्त गरेका हुन् । हिजो निमार्ण्र्ाारिएको संविधान कार्यन्वयन नहुनु तथा राजनैतिक दलहरुमा देश र जनता प्रति जवाफदयिता नहुनु लगायतको कुराले सोही कुराको संकेत गरेको उनीहरुले बताएका थिए ।
कार्यक्रमा प्रमुख अतिथिको रुपमा बोल्दै महासंघका कन्द्रीय महासचिव विल कुमार वि.क.ले एक युगमा एक पटक आउने संविधान निर्माणको घडीमा आम नागरिक चुप लागेर वस्न नहुने बताए । उनले संविधानमा लेखिएका कुरा कार्यन्वयन नहुनु आर्श्चको कुरा भएको बताउदै आज दलहरुले आफ्ना कार्यकर्ता र जनतालाई खराव संस्कृतिको अभ्यास गराउन लागिपरेकोमा चिन्ता व्यक्त गरे । "हिजो माओवादीले जातीय आधारमा संघीयताको कुरा उठान गरकै कारण आज देश विभाजनको संघारमा पुगेको दावी गरे । आफूलाई संघीयताको कट्टर विरोधी भन्न रुचाउने वि.कले मुलुक संघियतामा गएमा मुलुक द्धन्दको चपेटामा फसिरहने रुमलिने तर्क राखे । उनले भने-"संघीयताको नाममा तर्राई, मधेस, हिमाल पहाडलाई टुक्राउन काम हुन लागेको छ । हिजो एक नेपालीलाई दुख्दा आम नेपालीलाई दुख्ने घाउ आज आम नेपालीलाई नदुख्ने भएको छ " उनले थपे-""क्रान्तिकारी र राजनैतिक शव्दले मात्र नयाँ नेपाल बन्दैन ।" मुलुक आज पनि हत्या हिंसाको चपेटामा रहेको चर्चा गर्दै वि.कले यस्तो बेलामा नागरिक समाजका अगुवाहरु दूलो पसेका भन्दै आलोचना गरे । सामुदायिक वन उपभोक्ता महासंघका कन्द्रीय महासचिव भोला भट्टर्राईले पनि नयाँ बन्ने संविधानमा आम नागरिकको समस्या लेखिनेमा आशंका व्यक्त गरे । नयाँ संविधानका लागी नागरिहरुको राय सुझाव संकलन गर्न आएका सभासदहरुले स्वयम् प्रश्नावली भर्न नसकेको उदाहरण दिँदै उनले सभासदहरुले नै भर्न नसकेको प्रश्नावलीमा र्सवसाधारणले कसरी राय दिने भनि प्रश्न गरे ।े संविधान बनाउने कुरा ख्याल ठट्टा होइन भन्दै उनले वर्तमान सरकारले जनतालाई जवर्जस्तीको संविधान लाद्न लागेकोले सजग हुन आग्रह गरे ।
कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सदस्य डिकेन्द्र कँडेलले नागरिक समाजको आन्दोलन खहरको भेल जस्तै नबनी मर्स्याङ्दीको भेल जस्तै निरन्तर वग्नुपर्नेमा जोड दिएका थिए ।
लोकतान्त्रिक गैरसरकारी महासंघ लमजुङका अध्यक्ष कृष्णराज ओलियाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेल, स्थानीय विकास अधिकारी पेशल कुमार पोख्रेल, नेपाली काँगे्रसका गणेश प्रसाद न्यौपाने, एकीकृत माओवादीका अर्जुन अधिकारी, एमालेका सोमनाथ घिमिरे, उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद कुमार श्रेष्ठ, महासंघका उपाध्यक्ष पशुपति लाटा न्यौपाने, स्थिरबाबु घिमिरे, वर्ल्डभिजनका टिमलिडर सुरेन्द्रबाबु ढकाल, सामुदायिक वन उपभोक्ता महासंघ लमजुङका उपाध्यक्ष प्रतीभा सापकोटाले राज्यमा दण्डहिनताको संस्कृति मौलाउँदै गएकोमा चिन्ता ब्यक्त गर्दै संविधान निर्माणमा नागरिक समाजले अझै खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि वि.कले महासंघको बाषिर्क मुखपत्र "विकास दर्पण"को बिमोचन गरेका थिए भने गैरी क्याम्पसका प्रमुख निमानन्द रिजालले पुस्तकका बारेमा टिप्पणी गरेका थिए ।
No comments:
Post a Comment