बेसीशहर- एसएलसी परीक्षा अर्न्तर्गत गत बुधबार भएको अग्रेजी बिषयको परीक्षामा गाउँशहरस्थित बालकल्यायण उच्चमावि केन्द्रमा नियमित र एक्जामटेडको प्रश्नपत्र साटिए पछि केन्द्राध्यक्ष निलम्बनमा परेका छन् ।
अंग्रंेजी विषयको परीक्षा दिन आएका नियमित बिद्यार्थीमध्ये कोहीले एकथरी र कोहीले अर्कोथरी प्रश्नको परीक्षा दिए पछि केन्द्राध्यक्ष निलम्बनमा परेका हुन् । परीक्षा केन्द्रमा परीक्षा दिन बसेका १८ जना एक्जामटेड परीक्षार्थीलाई नियमित परीक्षार्थीको प्रश्नपत्र बितरण गरिएको र एक्जामटेड परीक्षार्थीलाई दिनुपर्ने १८ वटा प्रश्नपत्र नियमित परीक्षार्थीलाई बाँडिएपछि परीक्षार्थीहरु अलमलमा परेका थिए ।
यस विषयमा परीक्षार्थीहरुले निरीक्षक तथा केन्द्राध्यक्षलाई गुनासो गरे पनि त्यहाँका निलम्बित केन्द्राध्यक्ष र निरीक्षकहरुले प्रश्न नै दर्ुइ थरि आएको जवाफ दिएपछि उनीहरुले परीक्षा दिन बाध्य भएका थिए । विद्यार्थीहरुले आफूहरुलाई जवर्जस्ती गलत प्रश्नपत्रमा परीक्षा दिन लगाइएकोमा आपत्ती जनाएका छन् । केन्द्रमा नियमित तर्फ१ सय २४ जना परीक्षार्थी मध्ये १८ जनाले एक्जामटेडको प्रश्नपत्रमा र एक्जाम्टेड तर्फा १८ परीक्षार्थीले नियमित परीक्षार्थीलाई तयार गरिएको प्रश्नपत्रमा परीक्षा दिएका थिए ।
परीक्षा दिएर घर फर्केपछि मात्र उनीहरुले प्रश्नपत्र साटिएको रहस्य थाहा पाएका थिए । प्रश्न पत्र साटिनुलाई परीक्षार्थी र अभिभावकले गम्भीर रुपमा हेरेका छन् । स्थानीय अभिभावक जगतबहादुर गुरुङले केन्द्राध्यक्षको लापार्वाहीले यस्तो भएको गुनासो गरे । अनुभवि र दक्ष केन्द्राध्यक्ष राख्नुपर्नेमा पार्टर्ीी भागवन्डा गरी केन्द्राध्यक्ष तोकिएका कारण यस्तो लापार्वाही भएको गुनासो गरे ।
यो घटनालाई शिक्षाविद, अभिभावक तथा विद्यार्थीहरुले गम्भीर रुपमा लिएका छन् तर शिक्षा कार्यालयले भने यसलाई सामान्य गल्ती भनेर उम्कन खोजेको उनीहरुको आरोप छ ।
यो कुरा जिल्ला शिक्षा कार्यालयमा थाहा भएपछि कार्यालयले उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष सुकदेव पौडेललाई केन्द्राध्यक्षको जिम्मेवारीबाट हटाइ उनको ठाउँमा झपेन्द्र न्यौपानेलाई खटाएको छ ।
प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पोखरेलको अध्यक्षतामा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले पौडेललाई हटाएको हो । परीक्षा समन्वय समिति र जिल्ला शिक्षा कार्यालयले परीक्षा नियन्त्रण कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालय पोखरालाई बिद्यार्थीले परीक्षा दिइसकेको हुनाले त्यही उत्तर पुस्तिकालाई नै मान्यता दिई उत्तर पुस्तिका जाँच गरिदिन सिफारिस गरेको छ ।
अग्रेजी बिषयमा नियमितको लागि ७५ र एक्जामटेडको लागि ८० पर्ूण्ाङ्कको प्रश्नपत्र थिए । तर गलत प्रश्नपत्रको उत्तर लेखेपछि परीक्षा नियन्त्रण कार्यालयले मान्यता नदिने शिक्षाविदहरुको भनाई छ । यसबाट ती परीक्षार्थीहरुको भविष्य अन्यौलमा परेको छ । अहिले जिल्ला शिक्षा कार्यालय, विद्यालय ब्यवस्थापन समितिलगायतले विभिन्न आश्वासन दिएर परीक्षार्थी र अभिभावकलाई शान्त पारेका छन् । परीक्षा नियन्त्रण कार्यालयले नियमित र एक्जामटेडको लागि छट्टाछुट्टै बन्डलमा प्रश्नपत्र पठाइएको थियो । प्रश्नपत्रको सिरानमा नम्बरको आधारमा समेत प्रश्नपत्र छुट्टाउन सकिने भएपनि केन्द्रध्यक्ष बनाएका पौडेलले भने बन्डल फुकाउँदा प्रश्नपत्र एकै ठाँउमा मिसिएको कारण साटिएको दावी गरेका छन् । साँटिएको प्रश्नपत्र सहकेन्द्राध्यक्ष भरत खड्काको लापार्वाहीले भएको परीक्षार्थीहरुको दावी छ ।
गाँउशहर भकुण्डे स्थित बालकल्यायण केन्द्रमा बालकल्यायण उमावि, लमजुङ उमावि, कालिका माबि र मनकामना अग्रेजी बोर्डिङका नियमित तर्फ१ सय २४ र एक्जामटेड तर्फ१८ बिद्यार्थी परीक्षा दिइरहेका छन् ।

No comments:
Post a Comment