बेसीशहर, चैत्र १८ । लमजुङका विभिन्न ठाउँमा गएराती परेको असिनापानीले वाली नाली तथा फलफूलमा क्षति पुर्याएको छ ।
लामो समयको खडेरी पछि पानी पर्दा खुशी हुनुपर्ने किसानहरु पानी संगै परेको असिनाले बालीनाली नोक्सान गरेपछि चिन्तित बनेका छन् । लमजुङको भोटेओडार, सुन्दरबजार, तार्कु, तथा परेवाडाँडा गाविसमा असिनाले ठूलो क्षति पुर्याएको छ । असिनाले उम्रिन लागेको मकै, तरकारीमा नोक्सानी पुर्याउनुका साथै फूल फुलेको सुन्तला, मौसम लगायतका फलफूल बाली नष्ट गरेको छ ।
लमजुङका अधिकांश भागमा गत असोजबाट पानी परेको थिएन । पानी नपरेपछि स्थानीय किसानहरुले चैत्र ११ गते कर्पुरेश्वर महादेव मन्दिरमा होम, रुद्री गरी जलधारोसमेत गरेका थिए
No comments:
Post a Comment