scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 31, 2009

मदिरा विरुद्धको अभियानमा आमाहरु


गाउँशहर चैत्र १८ । लमजुङकोे गाउँशहर गाउँ विकास समितिका महिलाहरुले जाँडरक्सी रोक्न घरदैलो अभियान शुरु गरेका छन् ।
वडा नं. ६ र ७ भकुण्डे, तालफाँट, बोहरावेसी गाउँका जनजागृति, शिवशक्ति, सुर्योदय, सरस्वति, जागृति र शान्ति आमा समूहले गाउँलाई मदिरा निषेधित क्षेत्र गाउँ बनाउन सामुहिक रुपमा घरदैलो शुरु गरेका हुन्् ।
जाँडरक्सी खाएर एकातिर पैसाको बर्वाद र अर्कोतिर परिवारमा झैझगडा साथै कुटपिट र हिंकासत्पक कृयाकलापहरु बढेकाले अभियान शुरु गरिएको उनीहरुको भनाई छ । उनीहरुले स्थानीय हरिमाया बोहराको अध्यक्षतामा १३ सदस्यीय अनुगमन समिति र पुरुषहरुको छुट्टै सल्लाहकार समिति पनि गठन गरेका छन् ।
पहिलोपटक जाँडरक्सी बेचविखन गरेको र सेवन गरेको थाह पाएमा प्रतिब्यक्ति पाँचसय रुपैँया र दोश्रोपटक घटना दाहोर्‍याएमा एकहजार रुपैँया जरीवाना तोएकिो छ । महिलाहरुले एक भेलाको आयोजना गरि गाउँलाई मदिरा निषेधित क्षेत्र समेत घोषणा गरेका छन् ।
महिलाहरुले अभियानलाई कर्डाईका साथ सफल पार्ने अठोट लिएकाछन् । अभियानले गर्दा मदिरा ब्यवसायमा लागेका महिलाहरुपनि सुरक्षित हुने उनीहरुको ठहर छ । उनीहरुले मदिरा उत्पादन नै बन्द गर्न माग राखेका छन् ।

No comments:

Post a Comment