scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 31, 2009

परीक्षार्थीद्वारा आत्महत्या

बेसीशहर चैत्र १८
गत चैत्र १२ देखि शुरु भएको एस एल सी परीक्षामा सहभागी भइरहेकी परेवाडाँडाकी एक परीक्षार्थीले सोमबार आत्महत्या गरेकी छन् ।
परेवाडाँडा गाउँ विकास समिति वडा नंं ४ निवासी अनिता अधिकारीले सोमबार आत्महत्या गरेकी हुन् । परेवाडाँडास्थित कान्तिमन्दिर माविकी छात्रा अधिकारीले सोमबारको परीक्षा दिएर घर फर्की खाना खाइसकेपछि घरमै आत्महत्या गरेकी प्रहरीले जनाएको छ । शान्ति उमावि परीक्षा केन्द्रमा परीक्षा दिइरहेकी उनले विशिष्ट श्रेणीमा उत्तर्ीण्ा हुने लक्ष्य राखे पनि एक विषयको परीक्षा व्रि्रेपछि उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment