scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Tuesday, March 31, 2009

स्ववियू सभापतिमा बृषराज गुरुङ


बेसीशहर चैत्र १८
मर्स्याङदी बहुमुखी क्याम्पस बेसीशहरमा गत चैत्र ६ गते सम्पन्न स्ववियू निर्वाचनमा बराबर मत आएपछि टुंगो लाग्न नसकेको सभापति पदको सोमबारबाट टुंगो लागेको छ ।
दुबै उमेदवारले १/१ बर्षकार्यकाल चलाउने र कसले पहिले चलाउने भन्ने विषयमा गोला प्रथा गर्दा नेविसंघका बृषराज गुरुङलाई गोला परेपछि सभापति पदको टुंगो लागेको हो ।
चैत्र ६ गतेको निर्वाचनमा नेविसंघका उमेदवार बृषराज गुरुङ र अनेरास्ववियूका उमेदवार लक्ष्मी श्रेष्ठको बराबर ८७/८७ मत आएपछि सभापति पदको टुंगो लाग्न सकेको थिएन । सभापति पदको टुंगो कसरी लगाउने भन्ने विषयमा विद्यार्थी संगठनहरुबीच विवाद थियो । यस सम्बन्धमा विभिन्न चरणमा छलफल भएपनि निर्वाचन गराउने वा गोला थुत्ने भन्ने विषयमा सहमति जुट्न सकेको थिएन ।
उतार् इशानेश्वर क्याम्पसमा पनि स्ववियूको सभापति, सहसचिव र दर्ुइ जना सदस्यको टुंगो लाग्न सकेको छैन । चैत्र ६ गते को निर्वाचनमा अखिल -क्रान्तिकारी)का सोमबहादुर परियार र नेविसंघ र अखिलको संयुक्त प्यानलबाट मिलन सुवेदी ले बराबर मत पाएका थिए ।

No comments:

Post a Comment