
बेसीशहरमा सञ्चालन भएको पश्चिमाञ्चलस्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि नवलपरासीले जितेको छ ।
बेसीशहरस्थित सहजी खेल मैदानमा चैत्र ११ गते सम्पन्न फाइनल खेलमा रुपन्देहीलाई हराउँदै नवलपरासीले उपाधि जितेको हो । अत्यन्त प्रतिस्पर्धात्मक उक्त खेलमा नवलपरासी र रुपन्देहीले २/२ सेट खेल जितेपछि अर्को निर्ण्र्ाा खेलमा नवलपरासीले १५-८ ले रुपन्देहीलाई हराएको थियो ।
सोही दिन भएको अर्को खेलमा स्याङजालाई हराउँदै तनहूँले तृतीय स्थान हात पारेको छ । प्रतियोगिताको दावेदार मानिएको तनहूँले स्याङजालाई २५-२३, २५-२० र २७-२५ गरी तीन सेटले हर्राई तृतीय
स्थानमा चित्त बुझाउन बाध्य भयो ।
चैत्र ८ गतेदेखि शुरु भएको प्रतियोगितामा पश्चिमाञ्चलका १६ वटै जिल्लाले सहभागिता जनाएका थिए ।
विजयी टीमका खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेल र स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेलले पुरस्कार वितरण गरेका थिए ।
No comments:
Post a Comment