scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, April 30, 2009

लोकतन्त्र दिवसमा ब्याडमिण्टन र टेवलटेनिस

लमजुङ, बैशाख १५
लोकतन्त्र दिवसको अवसरमा जिल्ला विकास समिति लमजुङले आयोजना गरेको डबल व्याडमिन्टन प्रतियोगितामा कृष्णलाल प्रधान र वावुराम लामिछाने प्रथम भएका छन् ।
प्रतियोगितामा देवबहादुर अधिकारी र अमरकुमार श्रेष्ठको टीम द्वितीय र वसन्त रंजित र रोशन पियाको जोडि तृतिय भए । सो अवसरमा टेवल टेनिस प्रतियोगितको पनि आयोजना गरिएको थियो ।
टेवल टेनिसमा समुद्र सापकोटा र संञ्जय श्रेष्ठ प्रथम, ऋशिराम अर्याल र जगत बहादुर कार्की द्वितीय र मनबहादुर महत र जितेन्द्र विष्टको जाडि तृतीय भएका थिए ।
प्रतियोगितमा बिजयी खेलाडीलाई लोकतन्त्र मूल समारोह समितीका अध्यक्ष एंव स्थानिय विकास अधिकारी पेशल कुमार पोखरेल, नेपाली काग्रेसका निवर्तमान अध्यक्ष कृष्ण कोइराला र नेकपा एमालेका सचिब मायानाथ अधिकारीले नगद तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

No comments:

Post a Comment