लमजुङ, बैशाख १५
सन् २००८ मा लमजुङमा रुम टु रिडको सहयोगमा ३३ वटा विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना भएका छन् ।
रुम टु रिडले सन् २००८ बाट जिल्ल्ााका बिभिन्न्न गाबिसका बिद्यालयहरुमा पुस्तकालय सहयोग कार्यक्रम संचालन गरे अनुसार चेस नेपालसंग सहकार्य गरी यस बर्ष३३ बिद्यालयमा पठन पाठनका लागि पुस्तकलयको स्थापना गरेको हो ।
ती बिद्यालयममा पुस्तकालयको लागि आबश्यक फर्निचर तथा पुस्तकहरु सहयोग भई सकेको चेस नेपालले जनाएको छ । सहयोग गरिएका पुस्तकाहरु पाठ्यपुस्तकसंग मिल्नेे भएकाले विद्यार्थीहरुले मन पराएका छन् । पुस्तकहरु समुदाय र शिक्षकहरुको लागि समेत उपयोगी रहेका चेस नेपालका पुस्तकालय कार्यक्रम संयोजक मनोज सुवेदीले बताए ।
स्थापना गरिएका पुस्तकालयमा एक पटकमा ३० देखी ३५ जना बिद्यार्थी र पुस्तकालय शिक्षक अटन सक्छन् । रुम टु रिडले पुस्तकालयलाई पुग्ने फर्निचर सहयोग गरेको छ । विद्यालयले पुरा गर्नु पर्ने आबश्यक न्यूनतम पर्ूबाधार पूरा गरेपश्चात संस्थालेबाट उक्त सामाग्रि सहयोग गर्ने गरेको छ ।
संस्थाले सन् २०१० सम्म लमजुङका १ सय वटा विद्यालयमा पुस्तकालय बनाउने लक्ष्य राखेको छ । जस अनुसार सन् २००९ मा ४२ वटा विद्यालयमा पुस्तकालय कार्यक्रम सञ्चालन गरिने चेस नेपालका राष्ट्रिय निर्देशक राजकुमार पाण्डेले बताए ।
संस्थाले आगामी बर्षरुमा आबश्यक देखीएका बिद्यालयहरुमा भबन पुनः निर्माणर्,र् इमेलर् इन्टरनेट सहितको कम्प्यटर ल्याब र छात्राबृत्ति सहयोग कार्यक्रम पनि सञ्चालन गर्ने राखेको सुवेदीले बताए ।
No comments:
Post a Comment