लमजुङ, बैशाख १५
लमजुङमा एक महिना यता मासुको मूल्यमा भारी बृद्धि भएको छ । मूल्य बृद्धि भएपछि उपभोक्ताहरु मर्कामा परेका छन् ।
सदरमुकाम बेसीशहरमा ब्रोइलर कुखुराको मासुको मूल्य एक महिनाको अन्तरालमा ४ पटक बढेर अहिले प्रतिकेजी २ सय ४० रुपैया पुगेको छ । एक महिना अघि प्रति के.जी १ सय ८० मा पाइने ब्रोइलर कुखुराको मासु प्रति के.जी. २००, २२० हुँदै अहिले २ सय ४० पुगेको हो । यो बृद्धि एक महिना अघिको तुलनामा ३३ प्रतिशतले बढी हो । कुखुराको जस्तै खसीको मासुको मूल्य पनि बृद्धि भएको छ । एक महिना अघिसम्म ३ सय २० मा पाइने खसीको मूल्य पनि १२.५ प्रतिशतले बढेर प्रति के.जी. ३ सय ६० रुपैयाँ पुगेको छ । कुखुरा र खसी जस्तै राँगो र बंगुरको मासुमा पनि मूल्य बृद्धि भएको उपभोक्ताहरुको गुनासो रहेको छ । लमजुङ मासु ब्यवसायी संघका अध्यक्ष गुणराज सिलवाल भने स्थानीय बजारमा खसीबोका र कुखराको उत्पादन घटेकोले मूल्य बढेको बताउँछन् ।
तर उपभोक्ताहरु भने मासुको मूल्य ब्यापारीहरुले आफूखुशी बृद्धि गरेको आरोप लगाउँछन् । मनलाग्दी मूल्यबृद्धिले आफूहरुलाई मार परेको गुनासो गर्दै उपभोक्ताहरु भन्छन्-"मासु तथा मासुजन्य पदार्थहरुको गुणस्तर जाँच र मूल्यमा निगरानी गर्ने निकायको चाहियो ।"
उपभोक्ताको हक हितका लागि खोलिएको उपभोक्ता मञ्च चुप बसेकोमा उपभोक्ताहरुले आपत्ती जनाएका छन् ।खसीबोका र कुखराको उत्पादन घटेकोले मूल्य बढेको बताउँछन् ।
तर उपभोक्ताहरु भने मासुको मूल्य ब्यापारीहरुले आफूखुशी बृद्धि गरेको आरोप लगाउँछन् । मनलाग्दी मूल्यबृद्धिले आफूहरुलाई मार परेको गुनासो गर्दै उपभोक्ताहरु भन्छन्-"मासु तथा मासुजन्य पदार्थहरुको गुणस्तर जाँच र मूल्यमा निगरानी गर्ने निकायको चाहियो ।"उपभोक्ताको हक हितका लागि खोलिएको उपभोक्ता मञ्च चुप बसेकोमा उपभोक्ताहरुले आपत्ती जनाएका छन् ।
No comments:
Post a Comment