scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, April 30, 2009

जिल्ला परिषद् अझै अनिणिर्त


बेसीशहर बैशाख १५ गते
- नेकपा एमालेको अनुपस्थितिका कारण स्थगित रहेको लमजुङको जिल्ला परिषद कहिले हुने हो भन्ने टुंगो लाग्न सकेको छैन ।
बैशाख ११ र १२ गते तोकिएको परिषदको पर्ूव तयारीका लागि बस्नुपर्ने एकीकृत योजना तर्जुमा वैठक नेकपा एमालेको बहिष्कारका कारण बस्न नसकेपछि परिषर्दको नयाँ मिति तय हुन सकेको छैन ।
जिल्लामा सञ्चालन हुने विकासका कामहरु छानेर पारित गर्ने जिम्मेवारी जिल्ला परिषदलाई हुने गर्दछ । परिषद पर्ूव बस्नेपर्ने एकीकृत तयारी वैठक गत बैशाख ३ र ४ गते बोलाइए पनि एमालेले बहिष्कार गरेपछि परिषदको टुंगो लाग्न नसकेको हो ।एकीकृत वैठक गरी परिषद सञ्चालन गर्न स्थानीय विकास अधिकारी पेशलकुमार पोख्रेलद्वारा केही दिन अघि डाकिएको र्सवदलीय वैठक पनि विना निष्कर्षटुंगिएको छ । वैठकमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुले वैठकको कुरा आफ्नो पार्टर्ीी छलफल गर्ने निर्ण्र्ाागरी फर्केका थिए ।

No comments:

Post a Comment