बेसीशहर-बैशाख १५ गते
अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना -एक्याप)ले लमजुङ र कास्की जिल्लाभित्र बैकल्पिक पदमार्गको अध्ययन शुरु गरेको छ ।
विश्वको दश उत्कृष्ट मध्ये एक र नेपालको सबभन्दा ब्यस्त मानिने अन्नपर्ूण्ा पदयात्रा मार्ग -थोराङ पास) मा मोटर चल्न थालेपछि संकटमा पर्न लागेकोले वैकल्पिक मार्गको अध्ययन थालिएको हो । अन्नपर्ूण्ा पदयात्रा मार्गमा पर्ने हिमालपारीको जिल्ला मुस्ताङ अहिले मोटर चल्न थालेको छ भने अर्को जिल्ला मनाङमा मोटरबाटो निर्माण कार्य करीब अन्तिम चरणमा पुगेको छ ।
नयाँ परिकल्पना अनुसार सो मार्ग सुन्दर नगर पोखरावाट शुरु भएर अन्नपर्ूण्ा र लमजुङ हिमालको काख हुँदै वेसीशहरमा टुङ्गनिे छ । नेपाल पर्यटन वोर्ड र नेपाल पर्वतारोहण संघको सहयोगमा एक्यापले अध्ययन अनुसन्धान शुरु गरेको हो । आयोजनाको इलाका कार्यालय भुजुङका प्रमुख विदुर विक्रम कुइँकेलका अनुसार उक्त बैकल्पिक मार्ग पोखराको काहुँखोलावाट शुरु हुनेछ । काहुँखोलावाट कास्कीका पर्यटकीय गाउँ सिक्लेस, ताङतिङ हुँदै लमजुङ र कास्कीको सिमाना तप्राङ साथै लमजुङको माझर्ेखर्क, भुजुङ, घनपोखरा, घलेगाउँ, बाग्लुङपानी हुँदै बेसीशहर आइ टुंगिने छ ।
उक्त पदयात्रा मार्ग कार्यान्वयनमा आएमा ग्रामीण पर्यटनको क्षेत्रमा स्थापित घलेगाउँ र ग्रामीण पर्यटनमा उन्मुख घनपोखरा र भजुङ लगायतका गाउँहरुको मुहार फेरिन समय नलाग्ने पर्यटनवीदहरु बताउँछन् ।
अहिले अध्ययन थालिएको पदयात्रा मार्गबाट पर्यटकहरुले अन्नपर्ूण्ा, धौलागिरी, माछापुच्छ्रे, अन्नपर्ूण्ा, लमजुङ हिमाल, मनास्लु, हिमालचुली लगायतका दर्जनौँ हिमश्रृङ्खला देख्न पाउनेछन्् । त्यस्तै, पर्यटकहरुले लालीगुराँसदेखि सुनगाभा, चाँप, लगायतका फूल र डाँफेमुनालदेखि कस्तुरी मृग र लोपुन्मुख काँडेभ्याकुरसम्मका जीवजन्तु देख्न पाउने छन् ।
पदमार्गमा अधिकांश स्थानमा बाक्लो गुरुङ वस्ती रहेकाले पर्यटकहरुलाई बास बस्न र खानको लागि समेत समस्या नहुने बताइन्छ । एक्यापका अनुसार ग्रामीण पर्यटनमा उन्मुख गाउँहरु घलेगाउँ, घनपोखरा, भुजुङ यसै रुटमा पर्ने भएकाले पर्यटकहरुलाई सजिलो हुनेछ । यसका अलवा क्याम्पिङका लागि प्रशस्त ठाउँ भएका र ठाउँठाउँमा धर्मशालाहरु पनि निर्माण भएकाले पर्यटकहरुको यात्रा सहज हुनेछ । यस अघि पनि उक्त मार्ग हुँदै छिटफुट पर्यटक र स्थानीयबासीहरु आवत जावत गर्दै आएका छन् ।
No comments:
Post a Comment