scrolling news


बेसीशहरमा अर्को खानेपानी योजनाको काम शुरु, हिउँदमा पनि खानेपानीको अभाव नहुने । पुनर्निर्माणसँगै जुर्मुराएको राइनासकोटको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा । ज्येष्ठ नागरिकको उपचारका लागि डाक्टर र औषधी लिएर मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे गाउमा । लमजुङका रंगकर्मीहरु फेरि अर्को नाटक पानी घट्ट लिएर आउँदै ।

Thursday, April 30, 2009

बालबालिकाले धारा बनाए


लमजुङ बैशाख १५
लमजुङका गौंडा गाउँ विकास समिति वडा नं. २, प्युघरका बालबालिकाले गाउँमा ३ वटा पक्की धाराहरु निर्माण गरेका छन् ।
गाउँमा विद्यमान खानेपानीको समस्या समाधान गर्न स्थानीय लांघाली बाल क्लवमा आवद्ध बालबालिकाहरुले चन्दा संकलन गरी गाउँमा धारा निर्माण गरेका हुन् । क्लवको वैठकमा गाउँको खानेपानी समस्या कसरी समाधान गर्ने भन्ने विषयमा छलफल हुँदा धारा निर्माण गर्ने निर्ण्र्ााभए अनुसार बालबालिकाहरुले चन्दा संकलन गरी धारा निर्माण गरेका हुन् । १० हजार रुपैयाँको लागतमा गाउँका पायक पर्ने स्थानमा तीन वटा धारा निर्माण भएपछि गाउँलेहरुको खानेपानी समस्या टरेको छ ।
महिला आपसी सहयोग केन्द्रले आइतबार पत्रकार सम्मेलन गरी बाल क्लवको योगदानबारे जानकारी गराएको हो । संस्थाले सो अवसरमा सन् २००९ मा जिल्लामा संचालन गरिने कार्यक्रम, बाषिर्क बजेट र उपलब्धीका विषयमा समेत जानकारी गराएको छ ।
सो अवसरमा संस्थाका कार्यक्रम संयोजक शान्ता र्राईले संस्थाका विभिन्न पक्षमा जानकारी गराएकी थिइन् । महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको उक्त संस्थाले सेभ द चिल्डेन नर्वेको सहयोगमा सन् २००९ मा ५० लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ । सन् २००९ को पहिलो तीन महिनामा ६ लाख ७३ हजार खर्च भैसकेको बताइएको छ ।
जिल्लाका १३ गाबिसमा काम गर्दे आएको सो संस्थाले यसैबर्षेखि भार्ते, मोहोरियाकोट, अर्चलबोट, र प्यारजुङमा सञ्चालित कार्यक्रम समुदायलाई जिम्मा दिइएको बताएको छ ।
आफ्नो संस्थाको कार्यक्रम र बजेटको बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराउने महिला आपसी लमजुङमा पहिलो संस्था भएको छ । जिल्लामा क्रियाशील दर्जनौं गैरसरकारी संस्थाहरुले अहिलेसम्म आफ्ना कार्यक्रम र बजेट गोप्य राख्ने गरेको पर्रि्रेक्ष्यमा महिला आपसी सहयोग केन्द्रले भने प्रत्येक तीन तीन महिनामा आफ्ना गतिविधीहरु र्सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।


No comments:

Post a Comment