बैशाख १५ गते
चन्द्रेश्वर र कोल्की गाविसमा गत मंगलबार आएको हावाहुरीले दर्ुइ विद्यालयको छानो उडाएको छ । कोल्कीमा हावाहुरीले स्थानीय हिमालय माध्यमिक विद्यालयको छानो उडाउनुका साथै माथिल्लो तल्लाको सवै पर्खाल भत्काएको छ । पर्खाल भत्केपछि कम्प्युटर कोठामा रहेका पाँचवटा कम्प्युटरपनि क्षत्रि्रस्त भएका छन् भने विद्यालयको कार्यालय कोठाका सबै सामाग्री र कक्षाकोठका डेस्क र बेञ्चहरुसमेतमा क्षति पुगेको छ ।
यसैगरि, चन्द्रेश्वरस्थित पाणिनी संस्कृति माध्यमिक विद्यालयको छानोपनि गत मंगलबारको हावाहुरीले उडाएको शिक्षक धर्मराज तिमल्सेनाले बताए ।
हावाहुरीले विद्यालयमा क्षति पुगेपछि ती दर्ुइ विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
No comments:
Post a Comment